सरकारी कोष विधेयकमा ट्रम्पको हस्ताक्षर, ४३ दिनदेखिको सरकारी बन्दको अन्त्य

२०८२ कार्तिक २७ विहिवार
सारांश
  • विधेयक प्रतिनिधि सभा (तल्लो सदन) बाट २२२-२०९ को अन्तरले पारित भएपछि राष्ट्रपति ट्रम्पले विधेयकमा हस्ताक्षर गरेका हुन् ।

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कोष विधेयकमा हस्ताक्षर गरेसँगै ४३ दिनदेखिको सरकारी बन्दको अन्त्य भएको छ ।

 

विधेयक प्रतिनिधि सभा (तल्लो सदन) बाट २२२-२०९ को अन्तरले पारित भएपछि राष्ट्रपति ट्रम्पले विधेयकमा हस्ताक्षर गरेका हुन् । 

 

विधेयकमा हस्ताक्षर गर्नुअघि ट्रम्पले भने- 'देश कहिल्यै राम्रो स्थितिमा थिएन । यो एक महान दिन हो ।' 

 

विधेयकले जनवरी ३१ सम्म सरकारलाई कोष प्रदान गर्नेछ । विधेयक अन्तर्गत, एजेन्सीहरूलाई जनवरी ३१ सम्म कर्मचारीहरूलाई हटाउनबाट रोक लगाइनेछ । यसैबीच, केही डेमोक्र्याटिक नेताहरूले सब्सिडी कर क्रेडिटहरू विस्तार गर्न लडाई जारी राख्ने बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार