सम्भावित हिंसाका कारण हसिनाविरुद्धको मुद्धाको सुनुवाई सर्यो

२०८२ कार्तिक २७ विहिवार
सारांश
  • यसअघि आज फैसला सुनाउने भनिएको भएपनि विशेष अदालत, अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले देशमा सम्भावित हिँसाका कारण नोभेम्बर १७ मा  फैसला सुनाउने निर्णय गरेको छ ।

काठमाडौँ : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्धको मुद्धाको फैसला सुनाउने मिति सरेको छ ।

 

यसअघि आज फैसला सुनाउने भनिएको भएपनि विशेष अदालत, अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले देशमा सम्भावित हिँसाका कारण नोभेम्बर १७ मा  फैसला सुनाउने निर्णय गरेको छ । 

 

शेख हसिनाको पार्टी, अवामी लिगले आङ बंगलादेश बन्दको घोषणा गरेको छ । अवामी लिग बन्दका कारण राजधानी ढाकामा सुरक्षा कडा पारिएको छ र बंगलादेशभर उच्च सतर्कता बनाइएको छ । अभियोजन टोलीका एक सदस्यले फौजदारी न्यायाधिकरणले निर्धारित समयमै आफ्नो फैसला सुनाउने बताएका छन् ।

 

अवामी लिग बन्द र शेख हसिना विरुद्धको फैसलालाई ध्यानमा राख्दै सरकारले ढाकामा सेना, सीमा रक्षक बंगलादेश र दंगा विरोधी प्रहरी कर्मचारीहरू तैनाथ गरेको छ । ढाकाका सडकहरू खाली देखिन्छन् र बस ट्राफिक पनि सीमित छ । धेरै निजी संस्था र विश्वविद्यालयहरूले आफ्ना कक्षाहरू अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन् । मिडिया रिपोर्टका अनुसार ढाका, मुन्सीगञ्ज, सेन्ट्रल टाङ्गेल र दक्षिणपश्चिमी गोपालगञ्जमा अज्ञात व्यक्तिहरूले पाँचवटा खाली बसहरूमा आगजनीको दाबी गरेका छन् ।

 

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्ध दायर गरिएको मानवता विरुद्धको अपराधको मुद्दामा सुनुवाइ हुन लागेको हो । सरकारी वकिलले हसिना विरुद्ध पाँच गम्भीर आरोप लगाएका छन्, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण हत्या, अपराध रोक्न असफलता र मानवता विरुद्धको अपराध हुन्।

 

सरकारी वकिलले उनलाई मृत्युदण्डको माग गरेका छन्। हसिनाको पार्टी, अवामी लिगले बिहीबार बिहानदेखि बेलुकासम्म राष्ट्रव्यापी तालाबन्दीको घोषणा गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार