- मेक्सिकोको मृत्यु दिवस मनाउने कार्यक्रममा भीडलाई सम्बोधन गर्ने क्रममा मेयर कार्लोस अल्बर्टो मान्जो रोड्रिगेजलाई सात गोली लागेको रिपोर्टमा उल्लेख छ ।
काठमाडौँ : पश्चिमी मेक्सिकोको मिचोआकान राज्यमा एक मेयरलाई सार्वजनिक रूपमा गोली हानी हत्या गरिएको छ ।
मेक्सिकोको मृत्यु दिवस मनाउने कार्यक्रममा भीडलाई सम्बोधन गर्ने क्रममा मेयर कार्लोस अल्बर्टो मान्जो रोड्रिगेजलाई सात गोली लागेको रिपोर्टमा उल्लेख छ । उनी उरुआपान शहरका मेयर थिए । प्रहरीले घटना लगत्तै मेयरलाई अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको बताएको छ । गोलीबारीमा एक नगर परिषद् सदस्य र एक अंगरक्षक पनि घाइते भएका छन्। प्रहरीले आक्रमणकारीको पनि घटनास्थलमै मृत्यु भएको बताएको छ ।
संघीय सुरक्षा मन्त्री ओमर गार्सिया हार्फुचले मेयरलाई गोली हान्न प्रयोग गरिएको हतियार यस क्षेत्रमा कार्यरत दुई अपराध संगठनहरूको भएको बताएका छन् । राजनीतिक र संगठित अपराध हिंसाका कारण मेक्सिकोमा राजनीतिज्ञहरूमाथि आक्रमण सामान्य हुदै गएको छ ।
मेयरको हत्याको कारण अझै थाहा स्पष्ट भएको छैन । मिचोआकान मेक्सिकोको सबैभन्दा हिंसात्मक राज्यहरू मध्ये एक मानिन्छ र लामो समयदेखि यस क्षेत्रमा प्रभुत्वको लागि विभिन्न गिरोह र लागूपदार्थ तस्करहरू बीच झगडा हुने गरेको छ ।
गत महिना मात्र, उरुआपानका मेयरले राष्ट्रपति शेनबाउमलाई संगठित अपराध समूहहरू र आपराधिक गिरोहहरू विरुद्ध कारबाही गर्न अपील गरेका थिए । मेयरले मिचोआकानका गभर्नर र राज्य प्रहरी विभाग विरुद्ध भ्रष्टाचारको गम्भीर आरोप लगाएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।