भारतको तेलङ्गनामा बस र ट्रक ठोक्किँदा १९ जनाको मृत्यु

२०८२ कार्तिक १७ सोमवार
सारांश
  • सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेट नजिकै दुर्घटना भएको हो ।

काठमाडौँ : भारतको तेलङ्गनाको रंगारेड्डीमा बस र ट्रकबीचको ठोक्किँदा १९ जनाको मृत्यु भएको छ ।
 

सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेट नजिकै दुर्घटना भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार, तेलङ्गना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसी बस र ट्रकबीच ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 
 

तेलङ्गनाका मुख्यमन्त्री रेवन्त रेड्डीले सडक दुर्घटनाप्रति दुख व्यक्त गर्दै आवश्यक राहत कार्य सुरु गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार