मेक्सिकोमा स्टोरमा आगलागी, २३ जनाको मृत्यु

२०८२ कार्तिक १६ गते आइतवार
सारांश
  • उक्त आगलागीमा १२ जना गम्भीर घाइते भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । यो घटना शहरको डाउनटाउन क्षेत्रमा रहेको भाल्डोज स्टोरमा भएको हो ।

काठमाडौँ : मेक्सिकोको उत्तरपश्चिमी राज्य सोनोराको राजधानी हर्मोसिलोमा रहेको एक स्टोरमा भएको ठूलो आगलागी र विस्फोटमा धेरै बालबालिकासहित कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

 

उक्त आगलागीमा १२ जना गम्भीर घाइते भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । यो घटना शहरको डाउनटाउन क्षेत्रमा रहेको भाल्डोज स्टोरमा भएको हो । सोनोराका गभर्नर अल्फोन्सो दुराजोले सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा घटनाको पुष्टि गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

 

मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले यस भयानक दुर्घटनामा प्रियजन गुमाउने सबै परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार