रुस–युक्रेन युद्ध : ठूलो सफलता हात पारेको रुसको दाबी

२०८२ कार्त्तिक १४ शुक्रवार
सारांश
  • रुसी रक्षा मन्त्रालयका अनुसार एक दिनमा, रुसी सेनाले दुई बस्तीहरू नियन्त्रणमा लिएको छ ।

एजेन्सी : रुस र युक्रेनबीचको युद्ध जारी छ । बिहीबार रुसले पोक्रोभस्कमा युक्रेनी सेनाको आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।

 

रुसी रक्षा मन्त्रालयका अनुसार एक दिनमा, रुसी सेनाले दुई बस्तीहरू नियन्त्रणमा लिएको छ । साथै युक्रेनी लामो दूरीको ड्रोन एसेम्बली र भण्डारण स्थलहरू, रेलवे पूर्वाधार, गोलाबारुद डिपोहरू र अस्थायी तैनाती बिन्दुहरूमा प्रहार गरेको मन्त्रालयले जनाएको छ ।

 

उनीहरूले डोनेट्स्कको पोक्रोभस्कमा घेरिएका युक्रेनी सेनामाथि पनि प्रहार गरेको दाबी गरेका छन् । रूसी वायु रक्षा प्रणालीले आठ सटीक हवाई बमहरू, तीन अमेरिकीमा निर्मित रकेटहरू र ड्रोनहरू खसालेको जनाएको छ ।

 

सोही दिन, युक्रेनी सशस्त्र सेनाका कमाण्डर इनचीफ ओलेक्जान्डर सिस्र्कीले पोकरोभ्स्क क्षेत्रमा रक्षा स्थितिको निरीक्षण गरेका थिए ।

उनले पोकरोभ्स्क र कुपियान्स्कमा युक्रेनी सेनाहरूले घेरेर अवरुद्ध गरिएको भन्ने रूसी दाबीलाई अस्वीकार गरेका थिए । त्यस्तै युक्रेनले आफ्ना सेनालाई घेरेको कुरा अस्वीकार गरेको छ।(सीसीटीभीप्लस)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार