शक्तिशाली आँधी मेलिसा जमैका पुग्यो, ६ लाखलाई सुरक्षित स्थानमा सारियो
२०८२ कार्त्तिक १२ बुधवार
- जमैकाभरि ३०० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । सरकारले ६ लाख मानिसहरूलाई सुरक्षितस्थानमा सारेको बताएको छ ।
काठमाडौँ : शक्तिशाली आँधी मेलिसा क्यारेबियन राष्ट्र जमैकामा पुगेको छ । मेलिसालाई शताब्दीको सबैभन्दा खतरनाक आँधीको रूपमा वर्णन गरिएको छ ।
जमैकाभरि ३०० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । सरकारले ६ लाख मानिसहरूलाई सुरक्षितस्थानमा सारेको बताएको छ । आँधीको प्रभावका कारण जमैकामा तीन जना, छिमेकी हैटीमा तीन जना र डोमिनिकन रिपब्लिकमा एक जनाको मृत्यु भएको छ । यो आँधी यति शक्तिशाली छ कि यसले सम्पूर्ण देशहरूलाई तहसनहस पार्न सक्ने चेतावनी दिइएको छ ।
श्रेणी ५ को आँधीलाई सबैभन्दा खतरनाक श्रेणी मानिन्छ । संयुक्त राष्ट्र संघले मेलिसा आँधीलाई शताब्दीको सबैभन्दा शक्तिशाली आँधी घोषणा गरेको छ । यो आँधी पहिले हैटी र डोमिनिकन रिपब्लिकमा आएको थियो र अहिले जमैका नजिकिँदै गर्दा यो अझ खतरनाक भएको छ ।
यसको अवतरणको समयमा, प्रति घण्टा ३०० किलोमिटरसम्मको हावा र भारी वर्षा भइरहेको थियो । यो हावाको गति यति बलियो छ कि यसले ठूला भवनहरू ध्वस्त पार्न सक्छ । यसले बिजुली र सञ्चार प्रणालीलाई पनि नष्ट गर्न सक्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’