'मोन्था' आँधी आज भारतको ओडिशा पुग्ने, कमजोर हुदै जाने अनुमान
२०८२ कार्त्तिक १२ बुधवार
- मौसम विभागले मंगलबार बिहान मोन्था तीव्र चक्रवाती आँधीमा परिणत भएको बताएको थियो । यसले आन्ध्र प्रदेश, तमिलनाडु, ओडिशा र पश्चिम बंगालको तटीय क्षेत्रहरूमा ठूला छालहरू र भारी वर्षा निम्त्याएको छ र तीव्र हावा चलिरहेको छ । यसका कारण कम्तिमा ५२ उडानहरू रद्द गरिएका छन् र पछिल्लो २४ घण्टामा १२० रेलहरू रद्द गरिएका छन् ।
काठमाडौँ : बंगालको खाडीबाट उत्पन्न भएको चक्रवाती आँधी मोन्था मंगलबार साँझ भारतको आन्ध्र प्रदेशको तटमा ठोक्किएको छ । मछलीपट्टनम र कलिंगपट्टनमको बीचमा काकीनाडा हुँदै १०० किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाले धेरै क्षेत्रमा घर र रूखहरू ढलेको छ, जसका कारण एक महिलाको मृत्यु भएको छ । मौसम विभागका अनुसार, मोन्था बुधबार बिहान ओडिशा पुग्ने अनुमान गरिएको छ ।
मौसम विभागले मंगलबार बिहान मोन्था तीव्र चक्रवाती आँधीमा परिणत भएको बताएको थियो । यसले आन्ध्र प्रदेश, तमिलनाडु, ओडिशा र पश्चिम बंगालको तटीय क्षेत्रहरूमा ठूला छालहरू र भारी वर्षा निम्त्याएको छ र तीव्र हावा चलिरहेको छ । यसका कारण कम्तिमा ५२ उडानहरू रद्द गरिएका छन् र पछिल्लो २४ घण्टामा १२० रेलहरू रद्द गरिएका छन् । आन्ध्र प्रदेशका एक प्रहरी अधिकारीले कोनासीमा जिल्लाको मकानागुडेम गाउँमा आँधीका कारण खजूरको रूख ढलेपछि एक महिलाको मृत्यु भएको बताएका छन् । राज्यमा ३८ हजार हेक्टरमा खडा बाली र १.३८ लाख हेक्टरमा बागवानी बाली नष्ट भएको छ । लगभग ७६ हजार मानिसहरूलाई राहत शिविरहरूमा सारिएको छ ।
मोन्थाले ओडिशाका १५ जिल्लाहरूमा सामान्य जीवन अस्तव्यस्त पारेको छ । मोन्थासँग जुध्न तयार रहेको ओडिशा सरकारले पहिले नै ८०० राहत केन्द्रहरू स्थापना गरिसकेको छ । तटीय क्षेत्रहरूमा एनडीआरएफ टोलीहरू पनि पूर्ण रूपमा तयार छन् । मोन्थाको कारण राहत र उद्धार कार्यका लागि पैंतालीस टोलीहरू खटाइएको छ । यसमा आन्ध्र प्रदेशमा १०, ओडिशामा ६, तमिलनाडु र तेलंगानामा ३-३, छत्तीसगढमा २ र पुडुचेरीमा १ टोली समावेश छन् । मानिसहरूलाई समुद्र नजिक नजान सल्लाह दिइएको छ। चक्रवात प्रभावित क्षेत्रहरूमा बुधबार बिहानसम्म सडकहरूमा सवारी साधनको आवागमन स्थगित गर्ने निर्णय गरिएको छ ।
भारतको केन्द्रीय सरकारले चक्रवात 'मोन्था' को तयारीको समीक्षा गरेको छ, स्वास्थ्य मन्त्रालयले आन्ध्र प्रदेश, ओडिशा र तमिलनाडुका वरिष्ठ अधिकारीहरूसँग आपतकालीन चिकित्सा सहायता उपायहरूबारे छलफल गरेको बताएको छ । मन्त्रालयले कुनै पनि आपतकालीन अवस्थामा तुरुन्त चिकित्सा प्रतिक्रिया सुनिश्चित गर्न राज्यहरूलाई आवश्यक सबै सहयोग प्रदान गरिने बताएको छ।
भारत मौसम विज्ञान विभागका अनुसार, 'मोन्था' मंगलबार राति माछिलपट्टनम र कलिंगपट्टनम बीचको आन्ध्र प्रदेश र यानम तट पार गर्दै काकीनाडाको दक्षिणमा अवतरण पूरा गरेको छ । विभागले गम्भीर चक्रवात आँधी अर्को छ घण्टा भित्र कमजोर हुदै मध्यम चक्रवात आँधीमा परिणत हुने बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।