युगान्डामा भयानक सडक दुर्घटना, कम्तिमा ६३ जनाको मृत्यु
२०८२ कार्त्तिक ०५ बुधवार
- मिडिया रिपोर्टका अनुसार बुधबार बिहान राजधानी कम्पालालाई उत्तरी शहर गुलुसँग जोड्ने देशको सबैभन्दा व्यस्त मार्गहरू मध्ये एक कम्पाला-गुलु राजमार्गमा दुर्घटना भएको हो ।
काठमाडौँ : युगान्डामा भएको भयानक सडक दुर्घटनामा कम्तिमा ६३ जनाको मृत्यु भएको छ ।
मिडिया रिपोर्टका अनुसार बुधबार बिहान राजधानी कम्पालालाई उत्तरी शहर गुलुसँग जोड्ने देशको सबैभन्दा व्यस्त मार्गहरू मध्ये एक कम्पाला-गुलु राजमार्गमा दुर्घटना भएको हो ।
युगान्डा प्रहरी बलका अनुसार दुई तीव्र गतिमा चलिरहेका बसहरू एकअर्कासँग ठोक्किएको जनाएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार, एक बस चालकले दुर्घटनाबाट बच्न मोड लिएका थिए, जसका कारण धेरै सवारी साधनहरू पल्टिए र एकअर्कासँग ठोक्किएका थिए ।
घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ र सबैलाई पश्चिमी शहर किरियान्डोङ्गोको अस्पताल लगिएको छ । तीव्र गति, ओभरलोडिङ र रातमा लामो दूरीको यात्रा युगान्डामा हुने सबैभन्दा सामान्य सडक दुर्घटना भएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।