दिल्लीमा प्रदुषणको तह अति घातक स्तरमा

२०८२ कार्त्तिक ०४ मङ्गलवार
सारांश
  • मंगलबार बिहान साढे ७ बजे दिल्लीको वायु गुणस्तर सूचकांक बढेर ६८० पुगेको छ ।

काठमाडौँ, ४ कार्त्तिक । भारतको दिल्लीमा वायु प्रदुषण बढेर खतरनाक तहमा पुगेको छ । मंगलबार बिहान साढे ७ बजे दिल्लीको वायु गुणस्तर सूचकांक बढेर ६८० पुगेको छ । यो अति घातकको स्तरमा पुगेको छ ।  

 

यातायात क्षेत्रले १५.६ प्रतिशत योगदान पुर्‍याएको र उद्योगहरू सहित अन्य कारकहरूले २३.३ प्रतिशत योगदान पुर्‍याएका छन् । अर्कोतर्फ दिपावलीमा पटका पड्काउने गतिबिधिका कारण प्रदुषण बढेको दाबी गरिएको छ ।

 

प्रदुषण बढेपछि वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्ली-एनसीआरमा श्रेणीबद्ध प्रतिक्रिया कार्य योजनाको चरण २ लागू गरेको थियो । भारत मौसम विज्ञान विभाग र भारतीय उष्णकटिबंधीय मौसम विज्ञान संस्थानको पूर्वानुमानको आधारमा यो निर्णय लिइएको थियो । अक्टोबर १५ मा, सर्वोच्च अदालतले दिल्ली-एनसीआरमा दिवाली पूर्वसन्ध्या र दिवालीका दिन बिहान ६ बजेदेखि ७ बजे र राति ८ बजेदेखि १० बजेसम्म निश्चित गरिएको हरियो पटाका बिक्री र फुटाउन अनुमति दिएको थियो ।

 

वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार