अमेरिकी राष्ट्रिय आणविक सुरक्षा प्रशासनले १४ सय कर्मचारीलाई बिदामा पठायो
२०८२ कार्त्तिक ०४ मङ्गलवार
- राइटले लगभग चार सय आवश्यक कर्मचारीहरू ड्युटीमा रहने बताए भने हजारौं करार कामदारहरूले पनि आफ्नो कर्तव्य पालना गरिरहने जानकारी दिए ।
काठमाडौँ : अमेरिकामा जारी बन्दको प्रभाव अब ठूलो मात्रामा देखिन थालेको छ । यसैको एक भागको रूपमा, अमेरिकी आणविक हतियारहरूको निगरानी गर्ने जिम्मेवारी पाएको एजेन्सी राष्ट्रिय आणविक सुरक्षा प्रशासनले १४ सय कर्मचारीहरूलाई बिदा दिएको छ । यो जानकारी अमेरिकी ऊर्जा सचिव क्रिस राइटले दिएका हुन् ।
राइटले लगभग चार सय आवश्यक कर्मचारीहरू ड्युटीमा रहने बताए भने हजारौं करार कामदारहरूले पनि आफ्नो कर्तव्य पालना गरिरहने जानकारी दिए । राइटले हाल राष्ट्रिय सुरक्षामा कुनै खतरा नभएको बताउदै आवश्यक कर्मचारीहरू तैनाथ छन् र आणविक भण्डार पूर्ण रूपमा सुरक्षित रहेको बताए ।
अक्टोबर १ देखि अमेरिकी सरकार बजेट पारित हुन नसक्दा बन्द रहेको छ । राजनीतिक गतिरोध स्वास्थ्य बीमा अनुदानमा चलिरहेको विवादबाट उत्पन्न भएको हो। डेमोक्र्याटहरू समाधान चाहेको बताए पनि रिपब्लिकनहरू सरकार पुन: नखुलेसम्म यसबारे छलफल गर्न नचाहेको बताएका छन् ।
यद्यपि ट्रम्प प्रशासनले पहिले फेब्रुअरीमा धेरै राष्ट्रिय आणविक सुरक्षा प्रशासन कर्मचारीहरूलाई बर्खास्त गरेको थियो, सुरक्षा चिन्ताहरू उठेपछि निर्णय उल्टाइएको थियो । त्यस समयमा, एलोन मस्कको नेतृत्वमा सरकारको दक्षता विभागले हजारौं कर्मचारीहरूलाई बर्खास्त गरेको थियो ।
आइतबार कर्मचारीहरूले प्राप्त गरेको सूचनामा उनीहरू ३० दिन वा कम समयको लागि तलब बिना बिदामा रहने उल्लेख गरिएको थियो । महत्वपूर्ण जीवन बचाउने, सम्पत्ति-सुरक्षा, वा सञ्चालन बन्द गर्ने कार्यहरूमा संलग्न कर्मचारीहरू मात्र ड्युटीमा रहने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।