हमासले गाजामाथिको नियन्त्रण त्याग्न अस्वीकार गरेमा पूर्ण रूपमा ध्वस्त हुन्छ: ट्रम्प
२०८२ असोज २० सोमवार
- अमेरिकी समाचार च्यानल सीएनएनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हमास सहमतिमा नआएमा पूर्ण रूपमा ध्वस्त हुने चेतावनी दिएका हुन् ।
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले गाजामाथिको शक्ति र नियन्त्रण त्याग्न अस्वीकार गरेमा पूर्ण रूपमा ध्वस्त हुने चेतावनी दिएका छन् ।
अमेरिकी समाचार च्यानल सीएनएनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हमास सहमतिमा नआएमा पूर्ण रूपमा ध्वस्त हुने चेतावनी दिएका हुन् ।
उनले हमास साँच्चै शान्ति चाहन्छ या चाहदैन भन्ने चाँडै स्पष्ट हुने समेत बताए । ट्रम्पले आफुले युद्धविराम प्रस्ताव वास्तविकतामा परिणत हुनेमा आशावादी रहेको समेत बताएका छन् ।
यसअघि शनिबार, राष्ट्रपति ट्रम्पले इजरायलले उनको युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएका थिए भने अब उनी हमासको सहमतिको पर्खाइमा रहेको बताएका थिए ।
ट्रम्पको २० बुँदे शान्ति प्रस्तावमा हमासले बन्धक रिहा गर्न ससर्त मन्जुर गरेपनि अन्य प्रस्तावमा अमेरिकासँग वार्ता गर्न चाहेको जवाफ दिएको बताइएको छ । तर यस विषयमा थप कसरी अगाडी बढ्ने भन्ने स्पष्ट भएको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।