मोरक्कोमा जेनजी आन्दोलन: तीन जनाको मृत्यु, साढे तीन सय घाइते
२०८२ असोज १७ शुक्रबार
- उत्तर अफ्रिकी देश मोरक्कोमा स्वास्थ्य र शिक्षा सुधारको माग गर्दै सुरु भएको जेनजी आन्दोलन हिंसात्मक बनेको छ ।
एजेन्सी, १७ असोज । उत्तर अफ्रिकी देश मोरक्कोमा स्वास्थ्य र शिक्षा सुधारको माग गर्दै सुरु भएको जेनजी आन्दोलन हिंसात्मक बनेको छ ।
प्रदर्शनकारीहरूले राजधानी राबाटमा एउटा बैंक जलाइदिए र धेरै पसल र सवारी साधनहरूमा तोडफोड गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
अगादिर शहरमा प्रहरीको गोली लागेर तीन युवाको मृत्यु भएको बताइएको छ भने एक हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरिएको छ । आन्दोलनका क्रममा ३५४ जना घाइते भएका छन्, जसमध्ये धेरैजसो सुरक्षाकर्मी रहेको बताइएको छ ।
मन्त्रालयका अनुसार, लगभग ७० प्रतिशत प्रदर्शनकारीहरू नाबालिग रहेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
मोरक्को सरकारले २०३० फिफा विश्वकप र अफ्रिका कप अफ नेशन्सको लागि १० अर्ब डलरखर्च गरिरहेको अवस्थामा देशका सरकारी अस्पतालहरूमा सुविधाहरूको गम्भीर अभाव रहेको भन्दै जेनजी पुस्ता आन्दोलित भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’