इजरायली प्रधानमन्त्री नेतान्याहूलाई स्लोभेनिया प्रवेशमा प्रतिबन्ध

२०८२ असोज ११ शनिवार
सारांश
  • गत वर्ष प्यालेस्टिनी राज्यलाई मान्यता दिने लगभग २० लाख जनसंख्या भएको देश स्लोभेनिया गाजामा इजरायलको कारबाहीको मुखर आलोचक रहेको छ ।

एजेन्सी, ११ असोज । स्लोभेनियाले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) द्वारा जारी गरिएको पक्राउ वारेन्टलाई उद्धृत गर्दै देश प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

 

विदेश मन्त्रालयका अधिकारी नेभा ग्रिसिकले अन्तर्राष्ट्रिय कानूनको लागि स्लोभेनियाको समर्थन प्रदर्शन गर्न यो निर्णय गरिएको बताए । गत वर्ष प्यालेस्टिनी राज्यलाई मान्यता दिने लगभग २० लाख जनसंख्या भएको देश स्लोभेनिया गाजामा इजरायलको कारबाहीको मुखर आलोचक रहेको छ ।

 

स्लोभेनियाले यसअघि इजरायली रक्षामन्त्री इटामार बेन-ग्भिर र अर्थमन्त्री बेजालेल स्मोट्रिचलाई देश प्रवेश गर्नबाट रोक लगाएको थियो । स्लोभेनियाली सरकारले आईसीसीद्वारा बाँधिएका सबै देशहरूले प्यालेस्टिनी क्षेत्रमा इजरायलको अवैध उपस्थितिलाई मान्यता दिन नहुने बताएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार