ट्रम्पको नजिकको सहयोगी कन्जरभेटिभ कार्यकर्ता किर्कको गोली हानी हत्या
२०८२ भाद्र २६ बिहीवार
- अमेरिकाका युटामा एक कार्यक्रमको क्रममा किर्कको गोली हानेपछि मृत्यु भएको थियो ।
काठमाडौँ, २६ भाद्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिकको सहयोगी कन्जरभेटिभ कार्यकर्ता चार्ली किर्कको गोली हानी हत्या गरिएको छ । अमेरिकाका युटामा एक कार्यक्रमको क्रममा किर्कको गोली हानेपछि मृत्यु भएको थियो ।
किर्कलाई अमेरिकी राष्ट्रपति ट्रम्पको नजिकको सहयोगी मानिन्थ्यो । उनी अमेरिकाभरि विभिन्न क्याम्पसमा बहस कार्यक्रम सञ्चालन गर्ने कारणले परिचित थिए । ट्रम्पले लेखेका छन्- 'महान र प्रख्यात चार्ली किर्क अब रहेनन् । अमेरिकाका युवाहरूलाई चार्लीले जत्तिको कसैले बुझेन र माया गरेन ।'
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा चार्ली पालमुनि माइक समातेर बोलिरहेको देखिन्छ । त्यसपछि अचानक उनको घाँटी नजिकै गोली लाग्यो, उनी धेरै रगत बगेर भुइँमा ढलेका थिए ।
प्रसिद्ध राजनीतिक कार्यकर्ता चार्लीले टर्निङ प्वाइन्ट युएसए नामक संस्था चलाउने गर्थे, जसमा उनी स्कूल र कलेजहरूमा गएर विद्यार्थीहरूलाई राजनीतिको बारेमा बताउँथे । उनलाई ट्रम्पको कट्टर समर्थक पनि मानिन्थ्यो । आक्रमणकारी को थियो र उनले किन यस्तो गरे भन्ने कुरा अझै स्पष्ट भएको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।