ट्रम्पलाई निशाना बनाउदै पुटिनले भने- आफ्ना साझेदारहरूसँग कुरा गर्ने भाषा मिलेन
२०८२ भाद्र १९ बिहीवार
- बुधबार चीनको विजय दिवस परेडमा भाग लिएपछि मिडियासँग कुरा गर्दै पुटिनले ट्रम्प प्रशासनले एसियाका दुई ठूला शक्तिहरूलाई कमजोर आँकेको आरोप लगाए ।
काठमाडौँ: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पले भारत र चीनसँग कडा टोनमा कुरा गरेको आरोप लगाएका छन् ।
बुधबार चीनको विजय दिवस परेडमा भाग लिएपछि मिडियासँग कुरा गर्दै पुटिनले ट्रम्प प्रशासनले एसियाका दुई ठूला शक्तिहरूलाई कमजोर आँकेको आरोप लगाए । उनले भने- 'तपाईं भारत वा चीनसँग यसरी कुरा गर्न सक्नुहुन्न । अमेरिकाले थप कर र प्रतिबन्ध लगाएर यी देशहरूमाथि दबाब दिन चाहन्छ ।'
पुटिनले भारत र चीनको इतिहास आक्रमणले भरिएको छ । यदि यी देशहरूको कुनै नेताले कमजोरी देखाए भने, उनको राजनीतिक करियर समाप्त हुन सक्छ । उनले अमेरिकाको मनोवृत्ति पुरानो र रूढीवादी भएको टिप्पणी गरे । पुटिनले भने- 'औपनिवेशिक युग अब समाप्त भइसकेको छ । अमेरिकाले बुझ्नुपर्छ कि यो आफ्ना साझेदारहरूसँग यस्तो भाषामा कुरा गर्न सक्दैन ।'
यद्यपि, उनले भविष्यमा तनाव कम हुने र सामान्य राजनीतिक संवाद पुनः सुरु हुने आशा व्यक्त गरे । पुटिनको यो टिप्पणी यस्तो समयमा आएको हो जब भारतले रूसी तेल खरिद गर्दा अमेरिकी करको सामना गरिरहेको छ र चीन अमेरिकासँग व्यापार युद्धमा फसेको छ ।
ट्रम्पले भारतलाई रूसी तेल खरिद गरेको कारण युक्रेन युद्धलाई बढावा दिन रूसलाई समर्थन गरेको आरोप लगाउदै आएका छन् । ट्रम्पले आफ्नो करलाई युद्ध समाधान गर्ने हतियार भनेका छन् । ट्रम्पले बुधबार द स्कट जेनिंग्स रेडियो शोमा यो नीतिले अमेरिकालाई बल दिने बताउदै करलाई जादुई हतियार भन्दै यस मार्फत उनले ७ युद्धहरू रोकेको दाबी गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’