- जियो न्यूजका अनुसार बलुचिस्तान नेशनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलुचले यो विस्फोट नवाब नियाज जेहरीको गाडी नजिकै भएको उल्लेख गरेको छ । विस्फोटमा उनका केही व्यक्तिगत सुरक्षाकर्मीहरू पनि मारिएका छन् ।
काठमाडौँ :पाकिस्तानको क्वेटामा बलुचिस्तान नेशनल पार्टी (बीएनपी) को र्यालीपछि भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।
जियो न्यूजका अनुसार बलुचिस्तान नेशनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलुचले यो विस्फोट नवाब नियाज जेहरीको गाडी नजिकै भएको उल्लेख गरेको छ । विस्फोटमा उनका केही व्यक्तिगत सुरक्षाकर्मीहरू पनि मारिएका छन् ।
राज्य सरकारले यस घटनाको अनुसन्धानको आदेश दिएको छ । बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगटीले घटनाको निन्दा गर्दै भने कि यो विस्फोट 'मानवताका शत्रुहरूको कायरतापूर्ण कार्य' भएको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’