अफगानिस्तानका भुकम्प प्रभावितलाई भारतले पठायो राहत सामाग्री

२०८२ भाद्र १७ मङ्गलवार
सारांश
  • भारतले अफगानिस्तानको लागि मानवीय सहायता पठाएको जानकारी दिएका हुन् ।

काठमाडौँ: अफगानिस्तानमा भूकम्पमा ८०० भन्दा बढीको मृत्यु हुने गरि आएको भूकम्पमा प्रभावितका लागि भारतले सहयोग पठाएको छ ।

 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले भारतले अफगानिस्तानको लागि मानवीय सहायता पठाएको जानकारी दिएका हुन् ।

 

यसअघि सोमबार विदेशमन्त्री एस जयशंकरले अफगानिस्तानका विदेशमन्त्रीसँग कुरा गरेका थिए । जयशंकरले भनेका थिए- 'आज अफगानिस्तानका विदेशमन्त्री मौलवी अमीर खान मुत्ताकीसँग कुरा गरे । भूकम्पमा भएको ज्यान गुमाउनेप्रति समवेदना व्यक्त गरे । भारतले आज काबुलमा १००० परिवारका लागि पाल पठाएको छ । भारतीय नियोगले तुरुन्तै काबुलबाट कुनारमा १५ टन खाद्यान्न सामग्री पठाएको छ ।'

 

भारतीय विदेशमन्त्रीले मंगलबारदेखि भारतबाट अफगानिस्तानमा थप राहत सामग्री पठाइने पनि बताए । उनले भारत यो कठिन समयमा अफगानिस्तानको साथमा उभिएको उल्लेख गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार