अफगानिस्तान भुकम्प : पाँचसय भन्दा धेरैको मृत्यु, एकहजार व्यक्ति घाइते
२०८२ भाद्र १६ सोमवार
- नंगरहार प्रान्तमा मात्रै कम्तीमा नौ जनाको मृत्यु भएको र अरु धेरै घाइते भएको पुष्टि भएको छ । कमजोर माटो र ढुंगामाटोका घरहरू भत्किएका छन् भने पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार कार्यमा गम्भीर चुनौती आएको छ ।
काठमाडौं : सोमबार बिहान अफगानिस्तानमा गएको ६ रेक्टर स्केलको भूकम्पका कारण पाँच सयभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।
तालिबान नियन्त्रित प्रशासनलाई उद्धृत गर्दै खामा प्रेसले कुनार प्रान्तका नुर गुल, सोकी, वाटपुर, मानोगी र चापा दर्रा जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।
नंगरहार प्रान्तमा मात्रै कम्तीमा नौ जनाको मृत्यु भएको र अरु धेरै घाइते भएको पुष्टि भएको छ । कमजोर माटो र ढुंगामाटोका घरहरू भत्किएका छन् भने पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार कार्यमा गम्भीर चुनौती आएको छ ।
त्यस्तै, प्रारम्भिक ६ रेक्टरको भुकम्प पश्चात क्रमशः ४.७, ४.३ र ५.० रेक्टरको पराकम्प पनि गएको बताइएको छ । अफगानिस्तान भौगोलिक रूपमा भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र भएकाले यस किसिमका प्रकोप बारम्बार हुने गरेको रेडक्रसले जनाएको छ ।
सो भूकम्पको धक्का पाकिस्तानका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको थियो । यस विपत्तिपछि तत्काल अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको अफगान अधिकारीहरूले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।