पाकिस्तानको पञ्जाबमा भिषण बाढी, साढे १४ लाख मानिस प्रभावित
२०८२ भाद्र १४ शनिवार
- पाकिस्तानको कसुर जिल्लाको गण्डासिंह हेडवक्र्समा शुक्रबार पानीको बहाव ३ लाख ८५ हजार क्युसेक नाघेर ‘अत्यन्तै उच्च’ स्तरमा पुगेको छ ।
काठमाडौं : पाकिस्तानको पञ्जाब प्रान्तले दशकमै सबैभन्दा भीषण बाढीको सामना गरिरहेको छ । जसले गर्दा १४ लाख ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । पाकिस्तानी पत्रिका डनलाइ उदृत गर्दै भारतीय सञ्चार माध्यम एएनआईले भारी मनसुनी वर्षाले पाकिस्तानमा निरन्तर क्षति पु¥याइरहेको जनाएको छ ।
पाकिस्तानको कसुर जिल्लाको गण्डासिंह हेडवक्र्समा शुक्रबार पानीको बहाव ३ लाख ८५ हजार क्युसेक नाघेर ‘अत्यन्तै उच्च’ स्तरमा पुगेको छ ।
जुन पछिल्लो ३० वर्ष यताकै सबैभन्दा ठुलो बाढी हो । चुनियाँ तहसील भनिने स्थानका नौ वटा गाउँलाई बाढीले मुख्य सडकसँग सम्पर्कविहीन बनाएका छन् भने सेना र प्रहरीले स्थानीयवासीलाई सुरक्षित स्थलमा सार्ने कार्य थालेका छन् ।
पञ्जाब प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का महानिर्देशक इरफान अली काठियाले कसुर शहरलाई जोगाउन रहिमयार तटबन्ध जानाजानी फोडिएको पुष्टि गरेका छन् । यसैबीच, रावी नदीमा पनि पानीको बहाव स्तरमा पुग्दै दर्जनौं गाउँ बस्तीहरु जोखिममा परेका छन् ।
बाहावलपुर र मुल्तानका उपनगर र ग्रामीण बस्तीहरू पनि गम्भीर खतरा अन्तर्गत रहेका छन् । सतलज र चेनाब नदीको पानी सतह बढ्दै गएपछि बाहावलपुर नजिकै सतलजको किनारदेखि दुईदेखि तीन किलोमिटरभित्रका बस्ती डुबानमा पर्ने आशंका गरिएको छ ।
सरकारले दशकमै सबैभन्दा ठूलो उद्धार तथा विस्थापन अभियान सुरु गरेको छ । हेड त्रिम्मु नजिक चेनाब नदीको सतह अझै बढ्ने अनुमान गरिएको छ । यसबीच, १ हजार ४ सय भन्दा बढी गाउँहरू तटबन्ध फोडिएका कारण डुबानमा परिसकेका छन् ।
संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले आगामी सेप्टेम्बरको सुरुवातसम्म पनि वर्षा जारी रहने सम्भावना भएकाले थप बाढी, पहिरो र बाली नष्ट हुने जोखिम बढ्ने चेतावनी दिएको छ ।
पाकिस्तान मनसुनी बाढीको दीर्घकालीन जोखिममा रहने देश हो । सन् २०२२ मा आएको विनाशकारी बाढीले १ हजार ७ सय भन्दा बढी मानिसको ज्यान लिएको थियो भने लाखौँलाई विस्थापित गरेको थियो । उक्त बाढीले पाकिस्तानमा करिब ४० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति पु¥याएको थियो ।(एएनआई)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।