- इजरायलले हमासले बन्दी बनाएका सबै बन्धकको रिहाईको माग गरेपछि युद्ध विरामको प्रस्ताव अलपत्र परेको छ ।
एजेन्सी, ४ भाद्र । इजरायलले हमासले बन्दी बनाएका सबै बन्धकको रिहाईको माग गरेपछि युद्ध विरामको प्रस्ताव अलपत्र परेको छ ।
यसअघि हमासले कतार र इजिप्टले प्रस्तुत गरेको युद्ध विरामको प्रस्तावलाई स्वीकार गरेको थियो ।
तर इजरायलले गाजामा राखिएका सबै ५० बन्धकहरूको रिहाइको माग गरिरहेको छ, जसले गर्दा हमासले सोमबार सहमति जनाएको नयाँ ६० दिने युद्धविराम प्रस्ताव स्वीकार गर्ने कि नगर्ने भन्ने शंका उत्पन्न भएको बताइएको छ ।
कतार र इजिप्टले प्रस्तुत गरेको प्रस्तावमा लगभग आधा बन्धकहरूको रिहाइ हुने र कतारका अनुसार यो प्रस्ताव इजरायलले पहिले स्वीकार गरेको अमेरिकी प्रस्तावसँग समान रहेको बताएको छ ।
इजरायलले यसलाई स्पष्ट रूपमा अस्वीकार गरेको छैन तर इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले इजरायलले आंशिक सम्झौतामा रुचि नराख्ने बताएका छन् ।
उनले अब चीजहरू परिवर्तन भएको बताउदै प्रधानमन् बेन्जामिन नेतान्याहूले गाजाको भविष्यको लागि योजना बनाएको बताएका छन् ।
हमासले युद्ध विरामको सम्झौता भएमा १० जीवित र १८ मृत बन्धकहरूलाई पहिले हस्तान्तरण गरिनेछ, त्यसपछि दुवै पक्षले स्थायी युद्धविराम र अन्य बन्धकहरूको फिर्ताको लागि वार्ता गर्ने उल्लेख छ । इजरायलले २२ महिनाको युद्ध पछि ५० बन्धकहरू मध्ये २० मात्र जीवित रहेको विश्वास गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।