- अमेरिकाको अलास्कामा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुचर्चित शिखर सम्मेलन सकिएको छ ।
एजेन्सी, ३१ श्रावण । अमेरिकाको अलास्कामा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुचर्चित शिखर सम्मेलन सकिएको छ । रुस र युक्रेनबीचको युद्ध बारे केन्द्रित रहेर भएको यस सम्मेलनमा कुनै ठोस सहमति भने भएको छैन ।
अलास्काको एल्मेन्डोर्फ-रिचर्डसन सैन्य अड्डामा तीन घण्टाभन्दा बढी समयसम्म भएको कुनै सहमति नभएको ट्रम्पले जानकारी दिएका छन् । बन्द ढोकामा भएको यस बैठकमा ट्रम्पसँगै मार्को रुबियो र विटकफका साथै केही अन्य अधिकारीहरू पनि थिए। रुसी पक्षमा पुटिनसँगै सर्गेई लाभरोभ र अर्थमन्त्री एन्टोन सिलुआनोभ र आर्थिक सल्लाहकार किरिल दिमित्रीभ पनि थिए । यद्यपि, बैठकमा दुवै पक्षबीच कुनै अन्तिम सहमति हुन सकेन । बैठकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पत्रकार सम्मेलन पनि गरेका छन् तर उनीहरुले पत्रकारहरुको प्रश्न भने लिएनन् ।
पत्रकार सम्मेलनको क्रममा, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको अवस्था हाम्रो सुरक्षाको लागि आधारभूत खतरा भएको बताए । साथै, उनले सम्झौतालाई स्थायी र दीर्घकालीन बनाउन द्वन्द्वका सबै प्राथमिक कारणहरूलाई हटाउनु पर्नेमा जोड दिए । इउन्ले स्वाभाविक रूपमा, युक्रेनको सुरक्षा पनि सुनिश्चित गरिनुपर्ने ट्रम्पको भनाईमा सहमत रहेको बताए । साथै उनले यस छलफलले युक्रेनमा शान्तिको मार्ग प्रशस्त गर्न मद्दत गर्ने बताउदै किभ र युरोपेली राजधानीहरूले यसलाई सकारात्मक रूपमा बुझ्ने र काममा कुनै बाधा सिर्जना नगर्ने विश्वास व्यक्त गरे । बैठक पछि, पुटिनले त्यस समयमा ट्रम्प राष्ट्रपति भएको भए, युद्ध नहुने समेत बताए ।
संयुक्त पत्रकार सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बैठक धेरै उपयोगी भएको बताए । उनले धेरै मुद्दाहरूमा सहमतिमा पुगेको बताउदै केही ठूला कुराहरूमा सहमतिमा नपुगेको र केही प्रगति गरेको जानकारी दिए । उनले जबसम्म सम्झौता अन्तिम हुँदैन, कुनै सम्झौता हुँदैन भन्दै उनले आफुले केही समयपछि नेटोलाई फोन गर्ने र उपयुक्त सबैसँग कुरा गर्ने समेत बताए । त्यस्तै उनले निश्चित रूपमा राष्ट्रपति जेलेन्स्कीलाई पनि फोन गर्ने र आजको बैठकको बारेमा बताउने जानकारी दिए । यस पत्रकार सम्मेलनको क्रममा पुटिनले ट्रम्पलाई इशारामा रूस आउन निम्तो पनि दिए ।
ट्रम्प र पुटिनले २०१९ पछि पहिलो पटक आमनेसामने भेटेका हुन् । पछिल्ला केही महिनाहरूमा युक्रेनमा हिंसा र आक्रमणहरू बढेका छन्, जसले लाखौं मानिसहरूलाई असर गरेको छ । यस्तो अवस्थामा, अमेरिका र रुस बीचको प्रत्यक्ष वार्तालाई एक प्रमुख कूटनीतिक प्रयास मानिएको छ, जुन यो लामो समयदेखि चलिरहेको युद्ध रोक्नको लागि एक कदम साबित हुन सक्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।