भारतको ७९औं स्वतन्त्रता दिवस, प्रधानमन्त्री मोदीले सम्बोधन गर्दै

२०८२ श्रावण ३० शुक्रवार
सारांश
  • प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराउनेछन् र राष्ट्रलाई सम्बोधन गर्नेछन् ।

एजेन्सी, ३० श्रावण। भारतले आज आफ्नो ७९औं स्वतन्त्रता दिवस मनाउँदैछ ।

 

अगस्ट १५ मा, प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराउनेछन् र राष्ट्रलाई सम्बोधन गर्नेछन् ।

 

प्रधानमन्त्री मोदीले स्वतन्त्रता दिवसमा लगातार १२औं पटक लाल किल्लाबाट भाषण दिनेछन् ।

 

यस पटक देशभरबाट छानिएका २६ राज्य र केन्द्र शासित प्रदेशका ८५ गाउँका सरपञ्चहरूलाई समारोहमा विशेष अतिथिको रूपमा आमन्त्रित गरिएको छ ।

 

लाल किल्ला र यसको वरपरका क्षेत्रमा बहुस्तरीय सुरक्षा व्यवस्था गरिएको छ । ११ हजारभन्दा बढी सुरक्षाकर्मी र तीन हजार ट्राफिक प्रहरी तैनाथ गरिनेछन् ।

 

स्नाइपरहरूसँगै एण्टी-ड्रोन एकाइहरू, सीसीटीभी क्यामेरा, अनुहार पहिचान प्रणाली, स्वचालित नम्बर प्लेट पहिचान र सवारी साधन मुनि निगरानी प्रणाली पनि तैनाथ गरिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार