- २०२० मा गलवान उपत्यकामा भारत-चीन सैन्य झडप पछि यो मोदीको पहिलो चीन भ्रमण हुनेछ ।
एजेन्सी, २१ श्रावण । प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाने भएका छन् ।
भारतीय मिडियाहरुका अनुसार मोदी एससीओ शिखर सम्मेलनमा भाग लिन चीन जाने भएका हुन् । यो भ्रमण अगस्ट ३१ र सेप्टेम्बर १ मा हुनेछ ।
२०२० मा गलवान उपत्यकामा भारत-चीन सैन्य झडप पछि यो मोदीको पहिलो चीन भ्रमण हुनेछ ।
मोदीले यसअघि २०१८ मा चीनको भ्रमण गरेका थिए । यो उनको चीनको छैटौं भ्रमण हुनेछ । यसअघि, प्रधानमन्त्री मोदी अगस्ट ३० मा जापानको भ्रमण गर्नेछन् । यहाँ उनी भारत-जापान शिखर सम्मेलनमा भाग लिनेछन् ।
गत महिना विदेशमन्त्री एस. जयशंकरले चीनको भ्रमण गरेका थिए, जहाँ उनले राष्ट्रपति सी जिनपिङ र विदेशमन्त्री वाङ यीलाई भेटेका थिए ।
जयशंकरले जलस्रोत तथ्याङ्क साझा गर्ने, व्यापार प्रतिबन्ध, एलएसीमा तनाव कम गर्ने र आतंकवाद र अतिवाद विरुद्ध कडा अडान लिने जस्ता मुद्दाहरूमा छलफल गरेका थिए । मिडिया रिपोर्टका अनुसार, यो बैठकले मोदीको चीन भ्रमणको लागि रोडम्याप तयार पारेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
-
दुई महिनामा निर्यात ६१.९ प्रतिशत बढ्यो, व्यापार घाटा ३ खर्ब २४ अर्ब
-
दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’