रुसको सुदूर पूर्वमा ६०० वर्षपछि ज्वालामुखी विस्फोट
२०८२ साउन १८ गते आइतवार
- ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले यस क्षेत्रमा अन्तिम विस्फोट १४६३ मा भएको थियो र त्यसबेलादेखि अहिलेसम्म कुनै पनि विस्फोट भएको रेकर्डमा रहेको छैन।
काठमाडौँ : रुसको सुदूर पूर्वमा ६०० वर्षभन्दा बढी समयपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको छ । यो ज्वालामुखी गत हप्ताको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताइएको छ ।
ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले यस क्षेत्रमा अन्तिम विस्फोट १४६३ मा भएको थियो र त्यसबेलादेखि अहिलेसम्म कुनै पनि विस्फोट भएको रेकर्डमा रहेको छैन।
कामचट्का क्षेत्रको आपतकालीन सेवा मन्त्रालयले कामचट्का तटमा ६.८ म्याग्निच्युडको भूकम्प गएको रिपोर्ट गरेपछि यो आएको हो ।
कामचटकाको क्राशेनिनिकोभ ज्वालामुखीले रातारात लगभग छ किलोमिटर उचाइसम्म खरानी फ्याँकेको मिडिया रिपोर्टमा उल्लेख छ ।
रुसको आपतकालीन मन्त्रालयले जनसंख्या भएका क्षेत्रहरूमा कुनै खतरा नभएको बताएको छ । दुवै घटनाहरू बुधबारको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताइएको छ, जुन गत हप्ता सोही क्षेत्रमा गएको थियो । यो ८.८ रेक्टर स्केल मापन गरिएको थियो ।
भूकम्पपछि फ्रान्सेली पोलिनेसिया र चिली जस्ता टाढाका क्षेत्रहरूमा पनि सुनामी चेतावनी जारी गर्नुपरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’