कश्मीरमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड

२०८२ साउन १८ गते आइतवार
सारांश
  • सुरक्षा बलले आफ्नो अपरेशन जारी समेत राखेको छ । अहिलेसम्म, अपरेशनमा एक आतंककारीलाई निष्क्रिय पारिएको छ ।

एजेन्सी : दक्षिण कश्मीरको कुलगाम जिल्लाको अखल देवसर क्षेत्रमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड भएको छ । 


सुरक्षा बलले आफ्नो अपरेशन जारी समेत राखेको छ । अहिलेसम्म, अपरेशनमा एक आतंककारीलाई निष्क्रिय पारिएको छ ।


शनिबार, अखल क्षेत्रमा रातभर जारी रहेको गोलीबारीका क्रममा सुरक्षा बलले एक आतंककारीलाई निष्क्रिय पारेको चिनार कोप्र्सले जनाएको छ । यो संयुक्त कारबाही भारतीय सेना, जम्मू कश्मीर प्रहरी, सीआरपीएफ र विशेष अपरेशन समूह (एसओजी) द्वारा गरिएको थियो । 


जुलाई ३० मा, जम्मू र कश्मीरको नियन्त्रण रेखामा भारतीय सेनाले सीमा बार नजिकै शंकास्पद गतिविधि पत्ता लगाएपछि मुठभेड भएको थियो ।


सुरुमा संदिग्ध आतंककारीहरूले गोलीबारी सुरु गरेको र सेनाले तुरुन्तै जवाफी कारबाही गरेको जनाएको छ । (एएनआइ)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार