रुससँग अमेरिकाको थप तनावको संकेत, ट्रम्पद्वारा दुई आणविक पनडुब्बी तैनाथको आदेश

२०८२ श्रावण १७ शनिवार
सारांश
  • ट्रम्पले भनेका छन्- 'पूर्व रूसी राष्ट्रपति र हाल रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवको अत्यन्तै उत्तेजक बयानको आधारमा, मैले दुई आणविक पनडुब्बीहरूलाई उपयुक्त स्थानहरूमा तैनाथ गर्न आदेश दिएको छु ।'

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई आणविक पनडुब्बीहरूलाई 'उपयुक्त स्थानहरूमा तैनाथ' गर्न आदेश दिएको बताएका छन् । पूर्व रूसी राष्ट्रपति दिमित्री मेदवेदेवको 'उत्तेजक' बयानको प्रतिक्रियामा उनले यो कदम चालेका हुन् । 
 

ट्रम्पले भनेका छन्- 'पूर्व रूसी राष्ट्रपति र हाल रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवको अत्यन्तै उत्तेजक बयानको आधारमा, मैले दुई आणविक पनडुब्बीहरूलाई उपयुक्त स्थानहरूमा तैनाथ गर्न आदेश दिएको छु ।'
 

ट्रम्पले भने- 'यो सावधानीका रूपमा गरिएको हो, किनभने यो सम्भव छ कि यी गैरजिम्मेवार र उत्तेजक बयानहरू केवल शब्दहरूमा मात्र सीमित नहुन सक्छन् । शब्दहरूले धेरै अर्थ राख्छन् र कहिलेकाहीं अवांछित परिणामहरू निम्त्याउन सक्छन्। आशा छ कि यस पटक यो हुनेछैन ।'
 

ट्रम्पले पनडुब्बीहरू कहाँ तैनाथ गरिएको छ भनेर बताएका छैनन् । यो जानकारी अमेरिकी सेनाको प्रोटोकल अन्तर्गत गोप्य राखिएको छ ।
 

हालै, मेदवेदेवले ट्रम्पको चेतावनी पछि अमेरिकालाई धम्की दिएका थिए । २००८ देखि २०१२ सम्म रुसका राष्ट्रपति रहेका मेदवेदेवले यस हप्ताको सुरुमा ट्रम्पलाई 'रूससँग अल्टिमेटम खेल खेलेको' आरोप लगाएका थिए ।
 

मेदवेदेवले हरेक नयाँ अल्टिमेटम भनेको धम्की र युद्धतर्फको कदम भएको बताएका थिए । जुलाईको सुरुमा, उनले ट्रम्पको अल्टिमेटमलाई 'नाटकीय' भनेका थिए भने रूसले यसलाई वास्ता नगर्ने बताएका थिए ।
 

यस विषयमा रुसले अहिलेसम्म कुनै सार्वजनिक टिप्पणी गरेको छैन, तर ट्रम्पको बयानपछि रुसी शेयर बजारमा तीव्र गिरावट आएको छ । ट्रम्पले मेदवेदेवको भनाइमा प्रतिक्रिया जनाउदै रूसको असफल पूर्व राष्ट्रपति, जो अझै पनि आफूलाई अहिले पनि राष्ट्रपति ठान्ने गरेको टिप्पणी गरेका छन् ।
 

मेदवेदेवले २०२२ मा सुरु भएको युक्रेनमा रूसको ठूलो मात्रामा आक्रमणलाई समर्थन गर्छन् र पश्चिमी देशहरूको कडा आलोचक रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार