पाकिस्तानमा इमरान खानको पार्टीका १०८ नेतालाई जेल सजाय

१६ श्रावण, २०८२, शुक्रवार
सारांश
  • यस निर्णयलाई इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को लागि ठूलो धक्का मानिएको छ ।

काठमाडौँ । पाकिस्तानको आतंकवाद विरोधी अदालत (एटीएस) ले देशको जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका १०८ सदस्यहरूलाई जेल सजाय सुनाएको छ ।

 

सजाय सुनाइएकाहरूमाथि सन् २०२३ मा सेना विरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोप छ ।

मे २०२३ मा, सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेपछि देशभर हिंसात्मक विरोध प्रदर्शन सुरु भएको थियो ।

 

यस निर्णयलाई इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को लागि ठूलो धक्का मानिएको छ । सजाय सुनाइएकाहरूमा पाकिस्तानको नेशनल एसेम्बलीमा विपक्षी दलका नेता ओमर अयुब खान पनि समावेश छन्, जसलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

 

विपक्षी नेताहरूले अदालतको निर्णयको निन्दा गरेका छन् । यस निर्णयपछि पीटीआईका छ जना सांसदहरूलाई पनि अयोग्य घोषित गरिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार