थाइल्याण्डको बैंककस्थित खाद्य बजारमा अन्धाधुन्ध गोली चल्यो, कम्तिमा छ जनाको मृत्यु

२०८२ श्रावण १२ सोमवार
सारांश
  • मृत्यु हुनेमा चार सुरक्षा गार्ड, एक महिला र गोली चलाउने व्यक्ति रहेको रिपोर्टमा उल्लेख छ ।

काठमाडौँ: थाइल्याण्डको राजधानी बैंककको एक खाद्य बजारमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा छ जनाको मृत्यु भएको छ ।

 

यसपछि आक्रमणकारीले आफैलाई पनि गोली हानेको द नेसन थाइल्याण्डले उल्लेख गरको छ । मृत्यु हुनेमा चार सुरक्षा गार्ड, एक महिला र गोली चलाउने व्यक्ति रहेको रिपोर्टमा उल्लेख छ । गोली लागेर घाइते भएका दुई महिलालाई अस्पताल लागिएको बताइएको छ ।

 

घटना सोमबार बैंककको प्रसिद्ध ओर तो कोर बजारमा भएको थियो । यो पर्यटकहरूमाझ धेरै लोकप्रिय छ ।

प्रहरीका अनुसार आक्रमणकारीको पहिचान नोईको रूपमा गरिएको छ। उनी घटनास्थलमै मृत फेला परेका थिए । आक्रमणकारीको मनसाय बारे स्पष्ट नभएको र अनुसन्धान भइरहेको बताइएको छ ।

 

यो गोलीबारी थाइल्याण्ड-कम्बोडिया सीमामा भइरहेको झडपसँग सम्बन्धित छ या छैन भन्ने पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार