भारतको राजधानी दिल्लीमा भूकम्पको धक्का

२०८२ असार २६ विहिवार
सारांश
  • स्थानिय समय अनुसार विहान ५ बजेर ३६ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन्

काठमाडौं : बिहीबार बिहान भारतको राजधानी नयाँ दिल्लीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।


स्थानिय समय अनुसार विहान ५ बजेर ३६ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् । भुकम्पका कारण राजधानी दिल्ली सहित नोएडा, गुरुग्राम र आसपासका क्षेत्रका बासिन्दाहरूलाई त्रसित भएका छन् । भुकम्प गएको समय छोटो भएपनि यस क्षेत्रका अधिकांश मानिसहरू घरबाट बाहिर निस्कन बाध्य भएको बताइएको छ ।


यद्यपी, हाल सम्म कुनै पनि मानविय हताहत वा क्षति भएको खबरहरु भने आएका छैनन् । तर त्यहाँको स्थानिय सरकारले सबैलाई सचेत रहन आग्रह गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार