शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास

२०८२ असार २१ शनिवार
सारांश
  • गाजामा हिंसात्मक संघर्ष सन् २०२३ अक्टोबर ७ बाट सुरु भएको थियो, जब हमासले इजरायली क्षेत्रमा आतंककारी आक्रमण गरेका थिए ।

हमासले गाजामा जारी द्वन्द्व अन्त्य गर्नको लागि युद्धविराम प्रस्तावमा तुरुन्तै वार्ता गर्न आफू तयार रहेको जनाएको छ ।

 

यो घोषणा अन्य प्यालेस्टिनी पक्षहरूसँगको परामर्शपछि गरिएको हो, जसको सन्दर्भ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिकाको प्रस्तावित भ्रमणसँग पनि जोडिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको अवस्थाबारे चासो व्यक्त गर्दै युद्ध अन्त्यका लागि पहल गर्न आग्रह गरेका छन् ।

 

हमासले अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा तयार पारिएको युद्धविराम प्रस्तावको मस्यौदामा उल्लेखित सर्तहरूलाई सकारात्मक रूपमा लिँदै वार्ताको प्रक्रियामा सहभागी हुने तयारी रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

यसका साथै, हमाससँग आबद्ध इस्लामिक जिहाद समूहले पनि वार्तालाई समर्थन जनाउँदै इजरायलले बन्धक मुक्तिपछि पुनः आक्रमण नगर्ने स्पष्ट सुनिश्चितता आवश्यक भएको बताएको छ ।

 

हमासको घोषणाबारे पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले यसलाई सकारात्मक संकेतको रूपमा लिँदै, यो द्वन्द्व अब अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

 

गाजामा हिंसात्मक संघर्ष सन् २०२३ अक्टोबर ७ बाट सुरु भएको थियो, जब हमासले इजरायली क्षेत्रमा आतंककारी आक्रमण गरेका थिए ।

 

युद्धविरामका लागि यसअघि पनि दुईपटक अस्थायी सहमति भएको थियो, जसमा इजरायली बन्धकहरू साटो प्यालेस्टिनी कैदीहरूलाई मुक्त गरिएको थियो ।

 

इजरायली प्रधानमन्त्री नेतान्याहूले हाल गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई सुरक्षित घर फर्काउने प्रतिबद्धता जनाएका छन् ।

 

यसैबीच, राष्ट्रपति ट्रम्पले गाजाका सर्वसाधारणको सुरक्षाका लागि आफू गम्भीर रहेको धारणा व्यक्त गरेका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार