- युद्ध तत्काल रोकिने कुनै संकेत नभएकाले शेयर बजारमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ ।
काठमाडौं : इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिक्रियाले सुरुमा विश्वव्यापी वित्तीय बजारमा हलचल ल्याएको थियो । जसका कारण आइतबार खाडी लगायतका केहि मुलुकका शेयर बजारहरुमा ठुलो मात्रामा गिरावट आएको थियो । युद्ध तत्काल रोकिने कुनै संकेत नभएकाले शेयर बजारमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ ।
इजरायले इरानमाथि आक्रमण गर्ने घोषणा गरेदेखि नै तेलको मूल्य बढको थियो । बीबीसीका अनुसार शुक्रबार बिहान इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण गरेपछि विभिन्न कम्पनीले १० प्रतिशतभन्दा धेरैले तेलको मूल्य बढाएका थिए ।
व्यापारीहरूले इरान र इजरायल बीचको द्वन्द्वले इरानी तेल आपूर्तिलाई बाधा पु¥याउन सक्ने चिन्ता व्यक्त गरेका छन् । कच्चा तेलको मूल्यमा भएको वृद्धिले खाद्यान्नको मूल्यदेखि गाडीको इन्धनको लागतसम्म सबै कुरालाई असर गर्ने बताइएको छ ।
बिबिसीका अनुसार यद्यपी दुई देशहरू बीचको एक सप्ताहन्तको मिसाइल र ड्रोन आक्रमण पछि कच्चा तेलको मूल्य फेरि घटेको छ । तरपनि, तेलको मूल्य एक महिना अघिको भन्दा १० अमेरिकी डलरले बढी छ र ऊर्जाको मूल्यमा वृद्धिले बेलायत लगायत विश्वभर पेट्रोल र खाद्यान्नसम्म सबै कुरा महँगो बनाउन सक्ने त्रास उत्पन्न भएको छ ।
तीन वर्षअघि रूसले युक्रेनमा आक्रमण गरेपछि त्यस्तै भएको थियो, जसले विश्वभरका मानिसहरुको दैनिकीलाई असर गरेको थियो ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल कच्चा तेलको मूल्य ७८ डलरभन्दा बढीमा पुग्यो । त्यसबेलादेखि, यो लगभग ७४.५० डलरमा झरेको छ, तर यो अझै पनि गत महिनाको भन्दा १० डलरले बढी छ ।
ठूला भूराजनीतिक घटनाहरू र विश्वव्यापी अर्थतन्त्रको अवस्थाको प्रतिक्रियामा तेलको मूल्य सधैं बढ्छ र घट्ने गरेको छ । इरान पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक) को सदस्य हो । जसले प्रतिदिन लगभग ३३ लाख ब्यारेल तेल र इन्धन उत्पादन गर्छ र २० लाखभन्दा बढी निर्यात गर्छ ।
इरान जस्तो ओपेकको सदस्य राष्ट्र आफैंपनि युद्धमा हामीएका कारण त्यसले नेपाल जस्ता इन्धन आयातकर्ता राष्ट्रहरुलाई समेत मूल्यवृद्धिको मारमा पार्न सक्ने रोयर्टसले जनाएको छ ।
यदि थप आक्रमणहरूले इरानी तेल पूर्वाधारलाई क्षति पु¥याएमा यसले विश्वव्यापी आपूर्तिमा असर पार्ने र पेट्रोल पम्पमा मूल्यहरू बढाउने सक्ने आंकलन गरिएको छ । इजरायली अधिकारीहरूले इरानको तेल नेटवर्क आक्रमणमा पर्नसक्छ भनेर ब्रीफिङ गरिरहेका छन् । जसको विनाशकारी प्रभाव पर्न सक्ने विभिन्न स्रोतले टाइम्स अफ इजरायललाई बताएको उल्लेख छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’