अमेरिकाको लस एन्जलसमा जारी प्रदर्शनले उग्र रुप लिंदै

२०८२ जेठ २७ मंगलवार
सारांश
  • अमेरिकी राज्य क्यालिफोर्निया लस एन्जलस काउन्टीभरि शुक्रबारदेखि अध्यागमन र भन्सार प्रवर्तनले छापा मारेपछि निरन्तर झडपहरू भइरहेका छन् ।

एजेन्सी : अमेरिकाको लस एन्जलसमा अध्यागमन एजेन्सीले अवैध आप्रवासीविरुद्ध गरिरहेको धरपकडको विरुद्धमा भइरहेको प्रदर्शनले उग्र रुप लिएको छ । स्थिति तनावपूर्ण बन्दै गएको छ । 


अमेरिकी राज्य क्यालिफोर्निया लस एन्जलस काउन्टीभरि शुक्रबारदेखि अध्यागमन र भन्सार प्रवर्तनले छापा मारेपछि निरन्तर झडपहरू भइरहेका छन् । 


लस एन्जलसको डाउनटाउनमा आप्रवासनमाथि छापा मारेको विरोधमा प्रदर्शन जारी छ । जसमा प्रदर्शनकारीहरू, प्रहरी अधिकारीहरू र ट्रम्प प्रशासनले पठाएको नेशनल गार्ड सेनाहरू बीच झडप भइरहेको छ ।


चौथो दिन सोमबार छापा मार्दा एकसय भन्दा बढीलाई गिरफ्तार गरिएको छ । गिरफ्तारपछि आक्रोशित प्रदर्शनकारीहरूले एजेन्टहरूलाई अश्रुग्यास, फ्ल्यास–ब्याङ ग्रेनेड र ढुङ्गाहरू प्रहार गरेका थिए ।


लस एन्जलस सहरमा जारी आप्रवासी प्रदर्शन रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अनुमतिबिना राष्ट्रिय गार्ड तैनाथ गरेको भन्दै क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्साम ट्रम्प प्रशासनसँग रुष्ट भएका छन् ।


चाइना मिडिया ग्रुप (सीएमजी) का अनुसार अमेरिकाले सातसय भन्दा बढी मेरिन (स्थल र जल सैनिक) लस एन्जलसमा परिचालन गरेको र त्यसको संख्या बढाउँदै लगेको छ । 


अमेरिकाको संघीय कानुन कार्यान्वयन इकाई (आईसीई)ले लस एन्जलसमा लुकेर बसिरहेका अवैध आप्रवासीको खानतलासी र पक्राउ गर्दा हिंसा भड्किएको हो । (सीसीटीभीप्लस)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार