भारत–पाकिस्तानको युद्धविरामको घोषणापछि कश्मीरमा चहलपहल बढ्यो
२०८२ वैशाख २९ सोमवार
- आणविक हतियार सम्पन्न छिमेकी भारत र पाकिस्तानले चार दिनसम्म सैन्य हमलापछि शनिबार युद्धविरामको घोषणा गरेका थिए ।
एजेन्सी : भारत र पाकिस्तानले युद्धविरामको घोषणा गरेपछि भारत प्रशासित कश्मीरका बासिन्दाहरूले राहत महसुस गरेका छन् ।
आणविक हतियार सम्पन्न छिमेकी भारत र पाकिस्तानले चार दिनसम्म सैन्य हमलापछि शनिबार युद्धविरामको घोषणा गरेका थिए ।
शान्तिले दुवै देशका मानिसहरूलाई राहत दिएको छ । विशेष गरी नियन्त्रण रेखा (एलओसी) नजिकै बस्नेहरूले सहज महसुस गरेका छन् ।
दुई हप्ताभन्दा बढी समयदेखि तनावमा विताएका स्थानीयहरू आफ्नो नियमित जीवनमा फर्किरहेका छन्। भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरका बजार र पसलहरू थप तनाव बढ्ने डर घटेपछि खुल्न थालेका छन् ।
‘यहाँ कश्मीरमा, वातावरण तनावपूर्ण छ, र व्यापार ठप्प भएको छ। त्यसैले अब आशा छ कि अवस्था राम्रो हुनेछ,’ एक बासिन्दा आसिफ शफिकले भने।
बुधबार नयाँ दिल्लीले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर भित्र घातक हवाई हमला गरेपछि दुई देशहरू बीच लडाईं सुरु भएको थियो ।
श्रीनगरबाट लगभग ८९ किलोमिटर पूर्वमा रहेको पहलगाममा गत महिना बन्दुकधारीहरूले २६ जनाको हत्या गरेको बदला लिन हवाई हमला गरिएको थियो।
भारतले पाकिस्तानलाई बन्दुकधारीहरूलाई सहयोग गरेको आरोप लगाएको तर उक्त आरोप पाकिस्तानले अस्वीकार गर्दै आइरहेको छ ।(सीसीटीभीप्लस)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’