भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित
२०८२ वैशाख २६ शुक्रवार hbg5
- पछिल्ला दिनमा पुनः सुरु भएको शत्रुताले एलओसी आसपासका बासिन्दाहरूलाई पुनः संघर्षकालीन कठिनाइको सामना गराएको छ । गोलीबारीका कारण स्थानीय बासिन्दाहरूको ज्यान, सम्पत्ति, मवेशीमा क्षति पुगेको छ भने, विद्यालय, अस्पताल र बजारहरू बन्द गरिएका छन् ।
काठमाडौं : भारत र पाकिस्तानबीचको चुलिँदो तनावका बीच नियन्त्रण रेखा (एलओसी) नजिक भारी गोलीबारी जारी रहँदा सीमावर्ती भारतीय क्षेत्रका नागरिकहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् ।
पछिल्ला दिनमा पुनः सुरु भएको शत्रुताले एलओसी आसपासका बासिन्दाहरूलाई पुनः संघर्षकालीन कठिनाइको सामना गराएको छ । गोलीबारीका कारण स्थानीय बासिन्दाहरूको ज्यान, सम्पत्ति, मवेशीमा क्षति पुगेको छ भने, विद्यालय, अस्पताल र बजारहरू बन्द गरिएका छन् ।
भारतले कश्मीरको पहलगाममा पर्यटकमाथिको प्राणघातक आक्रमणपछि पाकिस्तानले लगातार युद्धविरामको उल्लंघन गर्दै आएको आरोप लगाएको छ । पाकिस्तानले ७४० किलोमिटर लामो एलओसीको विभिन्न स्थानमा आक्रमण गरिरहेको बताइएको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार, मे ७ तारिख बुधबार बिहान गरिएको हवाई आक्रमणपछि एलओसी क्षेत्रमा भइ रहेको गोलीबारीमा हालसम्म १६ जनाको मृत्यु भइसकेको छ भने ५९ जना घाइते भएका छन् ।
मृतकमध्ये महिलाहरू, बालबालिका र भारतीय सेनाका लान्स नायक दिनेश कुमार पनि छन् । मिसाइल र ड्रोनका टुक्रा भारतीय राज्य पञ्जाबका विभिन्न जिल्लामा भेटिएपछि त्यहाँ त्रासको वातावरण सिर्जना भएको छ ।
भारतले मे ७ र ८ तारिख राति पाकिस्तानबाट प्रक्षेपण गरिएका धेरै ड्रोन र मिसाइल आक्रमणहरू नष्ट गरिएको दाबी गरेको छ । त्यसपछि, मे ८ तारिख अर्थात् बिहीबार भारतले लाहौरस्थित एक हवाई सुरक्षा प्रणाली नष्ट गरिएको घोषणा गरेको छ, यद्यपि पाकिस्तानले यसको पुष्टि गरेको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।