भारतको केआईआईटी होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थीका बारे अनुसन्धान सुरु
२०८२ वैशाख १९ शुक्रवार
- भुवनेश्वरका प्रहरी आयुक्त एस. देव दत्त सिंहले बिहीबार साँझ ७ बजेतिर नेपालको वीरगन्ज घर भएको प्रिसा साहको शव होस्टेलको कोठामा फेला परेको बताए । होस्टलबाट मोबाइललगायतका सामग्रीहरु वरामद गरी अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं : भारतको उडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा मृत फेला परेकी युवतीको घट्नाबारे अनुसन्धान सुरु गरिएको छ ।
भुवनेश्वरका प्रहरी आयुक्त एस. देव दत्त सिंहले बिहीबार साँझ ७ बजेतिर नेपालको वीरगन्ज घर भएको प्रिसा साहको शव होस्टेलको कोठामा फेला परेको बताए । होस्टलबाट मोबाइललगायतका सामग्रीहरु वरामद गरी अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ ।
‘हामी त्यहाँ पुगेर घट्नाका विषयमा अनुसन्धान गरेका छौं । अझ विस्तृत अनुसन्धान गरिनेछ । वैज्ञानिक टोली आइपुगेको छ र सबै आवश्यक विवरणहरू सङ्कलन गरिएको छ। उनको परिवारलाई जानकारी गराइएको छ । शव पोस्टमार्टमको लागि एम्स पठाइएको छ,’ उनले भने ।
घटनाले अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विशेष गरी नेपालका विद्यार्थीहरूको सुरक्षा बारेमा चिन्ता व्यक्त गरिएकाले विश्वविद्यालय परिसर र वरपर सुरक्षा बढाइएको पनि उनले भारतीय संचारमाध्यमहरुलाई जानकारी दिएका छन् ।
घट्ना थाहा पाउनेवित्तिकै फोरेन्सिक र प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेको र घटनामा अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको उनले बताए ।
प्रहरी आयुक्तले घटनाको बारेमा विद्यार्थीका अभिभावक र नेपाली दूतावासलाई जानकारी गराइएको बताए । मृतक नेपालको वीरगञ्जका बासिन्दा भएको उनले पुष्टि गरे ।
कम्प्युटर विज्ञानमा बीटेक प्रथम वर्षमा अध्ययनरत नेपालली छात्रा साह होस्टेलको आफ्नै कोठामा मृत भेटिएको खबर स्थानीय प्रहरीले बिहीबार राति ८.१० बजे दिएको थियो।
उक्त कलेजमा नेपाली छात्रा मृत भेटिएको यो दोस्रोपट हो । यसअघि गत फागुनमा मात्र त्यही कलेजमा नेपाली विद्यार्थी रुपन्देहीकी २० वर्षीया प्रकृति लम्साल पनि छात्रावासमा मृत फेला परेकी थिइन्।
साहको घट्नापछि नेपाल सरकारले अनुसन्धानका लागि कूटनीतिक पहल गरेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल सरकारले दिल्लीस्थित आफ्नो दूतावासमार्फत यस विषयमा निगरानी गरिरहेको बताएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।