नर्वेमा रकेट प्रक्षेपण असफल

२०८१ चैत्र १७ आईतवार
सारांश
  • करिब ३० मिटर अग्लो र ५० टन तौलको रकेटको दुर्घटनामा कसैलाई चोटपटक लागेन।

नर्वेको एंडोया स्पेसपोर्टबाट आइतवार प्रक्षेपण गरिएको जर्मन रकेट `स्पेक्ट्रम´२० सेकेन्डमै दुर्घटनाग्रस्त भई जमिनमा खस्दा विस्फोट भएको छ। 

 

करिब ३० मिटर अग्लो र ५० टन तौलको रकेटको दुर्घटनामा कसैलाई चोटपटक लागेन।

 

एंडोया स्पेसले घटनाको अनुसन्धान भइरहेको बताउँदै सुरक्षा नै आफ्नो प्रमुख प्राथमिकता भएको जनाएको छ।

 

युरोपको पहिलो व्यावसायिक अन्तरिक्ष उडान हुने अपेक्षा गरिएको यो प्रक्षेपण खराब मौसमका कारण यसअघि धेरै पटक स्थगित भएको थियो। अधिकारीहरूका अनुसार नयाँ प्रविधिको परीक्षणक्रममा यस्ता असफलता सामान्य हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार