क्यानडालाई अमेरिकामा विलय गराउने अभिव्यक्तिविरुद्ध प्रदर्शन
२०८१ चैत्र ११ सोमवार
- ट्रम्पकै विवादस्पथ अभिव्यक्तिलाई लिएर शनिबार टोरन्टोको नाथन फिलिप्स स्क्वायरमा क्यानाडाका पक्षमा जुलुश निकालेका थिए ।
एजेन्सी: अमेरिका र क्यानडाबीच सम्बन्ध चिसिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति र अभिव्यक्तिले दुई देशबीचको सम्बन्ध थप चिसिएको हो ।
ट्रम्पले करमा वृद्धि गरेको र क्यानडालाई ५१ औं राज्य बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिएपछि क्यानेडियनहरु थप रुष्ट बनेका छन् ।
ट्रम्पकै विवादस्पथ अभिव्यक्तिलाई लिएर शनिबार टोरन्टोको नाथन फिलिप्स स्क्वायरमा क्यानाडाका पक्षमा जुलुश निकालेका थिए ।
‘एल्बोज अप, क्यानडा !’ नाम दिइएको प्रदर्शनमा क्यानेडियालीहरूलाई राष्ट्रिय सार्वभौमिकता र मर्यादाको रक्षा गर्न एकजुट हुन र क्यानडाबाट आयात गरिएका सामानहरूमा अमेरिकी कर लगाउने र क्यानडाको सार्वभौमिकतालाई खतरामा पार्ने ट्रम्पको टिप्पणीको विरोध गरिएको थियो ।
‘म एक गर्विलो क्यानेडियन हुँ र म विश्वास गर्छु कि हामीले हाम्रो देश, जीवनशैली, संसदीय प्रणाली, कानुनी प्रणाली, द्विभाषिकता, हाम्रा आदिवासी जनताको लागि बहुसांस्कृतिकताको लागि उभिनुपर्छ। र यो संयुक्त राज्य अमेरिकाबाट र त्यहाँको प्रशासनबाट खतरामा छ । विलयको खतराविरुद्ध उत्रिनुपर्छ,’ प्रदर्शनकारी डग बेनेटले भने ।
ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य भन्दै होच्याउने किसिमका अभिव्यक्ति दिंदै आइरहेका छन् । यसअघि ट्रम्पले क्यानडाली तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अमेरिकामा गाभिन आग्रह पनि गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’