भुटानसहित ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्पको तयारी
२०८१ चैत्र ३ आईतवार
- दक्षिण एसियाका अफगानिस्तान र भुटानका नागरिकलाई पूर्णरूपमा अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी ट्रम्प प्रशासनले गरेको छ।
काठमाडौं:अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले भुटानसहित ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ। ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरिएको ट्रम्प प्रशासनले जारी गरेको सूचनामा छ।
दक्षिण एसियाका अफगानिस्तान र भुटानका नागरिकलाई पूर्णरूपमा अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी ट्रम्प प्रशासनले गरेको छ।
अमेरिकाको ‘रेड लिस्ट’मा अफगानिस्तान र भुटानबाहेक क्युबा, इरान, लिविया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुयला र येमेन रहेका छन्। यी देशका नागरिकहरूलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको तयारी छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ‘ओरेन्ज लिस्ट’मा बेलारुस, इरिट्रिया, हाइटी, लाओस्, म्यानमार, पाकिस्तान, रुस, सेरा लियोन, दक्षिण सुडान र तुर्किमेनिस्तान छन्। यी देशका नागरिकलाई आंशिक प्रतिबन्ध लगाउने भनिएको छ।
त्यस्तै ‘एलो लिस्ट’मा अङ्गोला, कम्बोडिया, क्यामरुन, कङ्गो, लाइबेरिया, माली, जिम्बावेसहित २२ देश रहेको सुचनामा उल्लेख छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।