रुस र अमेरिकी कुटनीतिज्ञबीच इस्तानबुलमा भेटवार्ता
२०८१ फागुन १५ गते विहिबार
- रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच फेब्रुअरी १८ मा साउदी अरबको राजधानी रियादमा भेटवार्ता भएको थियो।
रुसी र अमेरिकी अधिकारीहरुबीच बिहीबार इस्तानबुलमा भेटवार्ता भएको छ । दुई देशबीचको सम्बन्ध पुनस्र्थापना गर्ने उद्देश्यका साथ दूतावासको समस्या समाधानका लागि वार्ता भएको रूसी सञ्चारमाध्यमले जनाएका छन् ।
युक्रेनमा रूसी आक्रमण सुरु भएयता दुई आणविक शक्ति सम्पन्न मुलुक रूस र अमेरिकाबीच यसै महिना भएको पहिलो उच्चस्तरीय बैठकपछि अमेरिकी महावाणिज्यदूतको निवासमा वार्ता हुन लागेको हो ।
वार्तामा दुबै पक्षको कुटनीतिज्ञको सहभागिता भएको बताइए पनि सहभागीको परिचय दिइएको छैन । रुसको सरकारी तास एजेन्सीले रुसी प्रतिनिधिमण्डलमा ‘विदेश मन्त्रालयका प्रतिनिधि’ रहेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना सत्तामा आएदेखि नै मस्कोसँगको सम्बन्ध लाई पुनस्र्थापित गर्ने प्रयास गरेका हुन् । उनले रूसी समकक्षी भ्लादिमिर पुटिनलगायत क्रेमलिनका अधिकारीहरूसँग तीन वर्षमा पहिलो पटक उच्चस्तरीय वार्ता सुरु गर्ने पहल थालेका छ्न ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच फेब्रुअरी १८ मा साउदी अरबको राजधानी रियादमा भेटवार्ता भएको थियो।
मस्कोले तीन वर्षअघि आफ्नो छिमेकीमाथि गरेको सैन्य आक्रमणको निन्दा हुन नदिन संयुक्त राष्ट्रसङ्घमा सोमबार भएको मतदानमा संयुक्त राज्य अमेरिकाले दुई पटक रुसको पक्ष लिएको थियो ।
इस्तानबुलमा भएको वार्ताको उद्देश्य पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका क्रममा दूतावासका कर्मचारीलाई एकअर्काबाट निष्कासन गरेपछि आफ्ना कूटनीतिक नियोगको कामलाई सामान्य बनाउने हो ।
नेटो सदस्य टर्कीएले युक्रेनमा शत्रुता अन्त्य गर्न वार्तामा भूमिका खेल्न चाहेको छ र टर्कीएले सन् २०२२ मार्चमा मस्को र किएभबीच दुई पटक प्रत्यक्ष वार्ताको आयोजना गरेको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’