पेरु प्रहरीद्वारा १२३ महिला र बालिकालाई यौन शोषणबाट उद्धार

२०८१ माघ २७ गते आईतवार
सारांश
  • पेरुको राजधानी लिमामा शुक्रबार राति गरिएको छापामा सयौँ प्रहरी अधिकारीको सहभागिता थियो ।

पेरु प्रहरीले भेनेजुएलाको शक्तिशाली गिरोहद्वारा यौन शोषणमा परेका १२३ महिला र बालिकालाई उद्धार गरेको शनिबार घोषणा गरेको छ ।

 

पेरुको राजधानी लिमामा शुक्रबार राति गरिएको छापामा सयौँ प्रहरी अधिकारीको सहभागिता थियो । छापामा २३ जना कथित गिरोहका सदस्य पक्राउ परेका थिए ।

तीन जना नाबालिकासहित १२३ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतले सबै महिला र बालिकाहरू रहेको जानकारी दिएको छ ।

 

पक्राउ परेका व्यक्तिहरू भेनेजुएलाको सबैभन्दा ठूलो गिरोह ट्रेन डे अरागुआको गुट लस हिजोस डे डिओसको हिस्सा हुन् । यो सन् २०२१ देखि पेरुमा सक्रिय छ ।

 

सन् २०२४ जनवरीमा पेरु प्रहरीले यही आपराधिक सङ्गठनद्वारा सामाजिक सञ्जालमा यौन शोषणमा परेका ४० जना युवतीलाई उद्धार गरेको थियो ।

 

ट्रेन डे अरागुआ गिरोह सन् २०१४ मा भेनेजुएलाको अरागुआ राज्यमा स्थापना भएको तर अहिले कोलम्बिया, पेरु र चिली लगायत धेरै दक्षिण अमेरिकी देशहरूमा उपस्थित छ ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष चुनाव प्रचारका क्रममा कागजातविहीन आप्रवासीहरूलाई लक्षित गर्दै व्यापक निर्वासनको वाचा गरेका थिए । यसलाई उनले हिंसात्मक अपराधमा संलग्न भएको आरोप लगाउँदै बारम्बार ‘जनावर’ र ‘राक्षस’ को संज्ञा दिएका थिए।

 

उनले ट्रेन डे अरागुआलाई विशेष रूपमा लक्षित गर्नुभयो र जनवरी २० मा पदभार ग्रहण गरेको पहिलो दिन नै संयुक्त राज्य अमेरिकामा गिरोहको कथित गतिविधिहरूको सामना गर्न राष्ट्रिय आपत्काल घोषणा गरेका थिए ।

 

बुधबार वासिङ्टनले ट्रेन डे अरागुआका १० जना सदस्यलाई क्युबाको कुख्यात अमेरिकी सञ्चालित ग्वान्टानामो बे जेलमा निर्वासित गरिएको बताएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार