युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार

२०८१ पुष ५ गते शुक्रवार
सारांश
  • उत्तरपूर्वी युक्रेनमा रूसी आक्रमणमा तीन जनाको मृत्यु भएको र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ब्रसेल्समा इयूका नेताहरूसँग वार्ता गरिरहँदा उक्त कुरा बताएका हुन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताएका छन् ।

 

जनवरीमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न दोस्रो पटक ह्वाइट हाउस फर्कन लागेका ट्रम्पले वार्ता सुरु गर्न आह्वान गरेपछि पुटिनको यो भनाइ आएको हो ।

 

ट्रम्पको आह्वानले किएभमा उनले युक्रेनलाई मस्कोको अनुकूल शर्तमा शान्ति स्वीकार गर्न बाध्य पार्न सक्ने आशङ्का बढेको छ ।

 

वर्षको अन्त्यमा आयोजित वार्षिक पत्रकार सम्मेलनमा ७२ वर्षीय उनले युद्धभूमिमा आफ्नो सेनाले माथिल्लो भागमा पकड बलियो बनाएको बताएका थिए ।

 

उत्तरपूर्वी युक्रेनमा रूसी आक्रमणमा तीन जनाको मृत्यु भएको र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ब्रसेल्समा इयूका नेताहरूसँग वार्ता गरिरहँदा उक्त कुरा बताएका हुन् ।

 

पुटिनले आत्मविश्वसका साथ भने, “अगस्टदेखि किएभको कब्जामा रहेको रूसको कुस्र्क क्षेत्रको केही भाग रूसले कहिले फिर्ता लिन्छ भन्ने आफूलाई थाहा नभएको बताउनुभएको छ ।”

 

सम्भावित शान्ति सम्झौताका बारेमा ट्रम्पको प्रस्तावबारे सोधिएको प्रश्नमा पुटिनले अमेरिकी सत्ता सम्हाल्न लागेको रिपब्लिकन पार्टी र यसका नेतासँग भेटवार्ताको वातावरण बनेमा यसका लागि आफु तयार रहेको बताए ।

 

पुटिनले भने, “निस्सन्देहः कुनै पनि समय म वार्ताको लागि तयार छु तर मलाई थाहा छैन उनीसंग भेट्ने वातावरण कहिले बन्छ । उनले यस विषयमा केही पनि भनेका छैनन । चार वर्षभन्दा बढी समयदेखि मैले उनीसंग कुरा गरेको पनि छैन ।,”

 

उनले भने, “ मलाई विश्वास छ, यदि हामीले नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग भेट गर्यौं भने हामीले धेरै कुरा गर्नेछौं।”

 

पूर्वी युक्रेनमा रुसी सेना महिनौंदेखि अघि बढिरहेको छ र पुटिनले युद्धभूमिमा बारम्बार आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार