चिनियाँ शासनको २५ औं वर्षगाँठ मनाउन राष्ट्रपति सी मकाउमा

२०८१ पुष ३ गते बुधवार
सारांश
  • मकाउको सर्वोच्च अदालतका पूर्व प्रमुख साम होउ–फेईले चीनलाई मकाउ हस्तान्तरणपछिको चौथो नेताका रुपमा शुक्रबार सपथ लिनेछन ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ मकाउमा चीनले शासन गर्न थालेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा तीन दिने भ्रमणका लागि बुधबार मकाउ पुगेका छन् । सी बुधबार अपराह्न मकाउ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको चिनियाँ सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

 

पोर्चुगलको पूर्व उपनिवेशलाई सन् १९९९ डिसेम्बर २० मा ‘एक देश, दुई प्रणाली’ ढाँचा अन्तर्गत चीनलाई हस्तान्तरण गरिएको थियो जसले चिनियाँ मुख्य भूमिभन्दा स्वायत्तता र व्यापक नागरिक स्वतन्त्रताको प्रतिज्ञा गरेको थियो ।

 

चीनमा एक मात्र स्थान जहाँ क्यासिनो जुवालाई अनुमति दिइएको मकाउ शहरले लामो समयदेखि विश्वको शीर्ष क्यासिनो हबको रूपमा रहेको लास भेगसलाई उछिनेको छ ।

भ्रमणको क्रममा सी मकाउको नयाँ प्रशासनको उद्घाटनसमारोहमा सहभागी हुनुका साथै निरीक्षण भ्रमण पनि गर्ने सिन्ह्वाले जनाएको छ । 

 

मकाउको सर्वोच्च अदालतका पूर्व प्रमुख साम होउ–फेईले चीनलाई मकाउ हस्तान्तरणपछिको चौथो नेताका रुपमा शुक्रबार सपथ लिनेछन ।

 

मकाउको ८१ प्रतिशत हिस्सा राजस्व सङ्कलन क्यासिनोबाट गर्छ । सामले मकाउले क्यासिनोमा मात्र भर पर्नेभन्दा यसलाई अन्य स्वरूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

 

‘ग्रेटर बे एरिया’ भनेर चिनिने मकाउको आर्थिक विविधीकरण र चीनको क्षेत्रीय खाकामा एकीकरण राष्ट्रपति सीको भ्रमणको मुख्य विषय हुने विश्लेषकहरूले एएफपीसँग बताएका छन्।

 

क्यासिनो कन्सल्ट्यान्ट बेन लीले भने, “राष्ट्रपति सी सम्भवतः मकाउका व्यवसायीहरूले दुई वर्षअघि वाचा गरेको गैर–खेलजन्य लगानीको लागि प्रोत्साहन गर्न चाहन्छन ।

 

मकाउलाई आंशिक रूपमा विकासको लागि भूमि आपूर्ति बढाउनको लागि भाडामा दिइएको हेङ्किन टापुको पनि भ्रमणको सम्भावना रहेको लीले बताए ।

 

सीको यात्रा कार्यक्रमबारे पूर्ण जानकारी भने सार्वजनिक गरिएको छैन ।

 

अधिकारीहरूले राष्ट्रपति सीको भ्रमणका अवसरमा मकाउमा ड्रोन प्रयोगमा अस्थायी प्रतिबन्ध र रेल सेवाहरूको आंशिक निलम्बनसहितका सुरक्षा उपायहरू बढाएका छन् ।

 

फेरीबाट एक घण्टाको दूरीमा रहेको हङकङबाट आउने आगन्तुकहरू र हङकङ, मकाउ र झुहाई जोड्ने विशाल पुलमा चालकहरूका लागि सुरक्षा जाँच बढाइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार