कमला ह्यारिसलाई हराउँदै डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित
२१ कार्तिक, २०८१, बुधवार
- राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसद्को दुबै सदन सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभमा ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता बनाएको छ ।
अमेरिकाको रिपब्लिकन दलको उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्र्याट दलको उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दौ अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । मतगणना जारी रहँदा उनले राष्ट्रपतिका लागि आवश्यक २ सय ७० सिटमा २ सय ७७ सिट आफ्नो पक्षमा पार्दै जित निश्चित गरेका हुन् । ट्रम्पले सानदार र फराकिलो जित निकाल्ने क्रममा केही राज्यको मतगणना बाँकी हुँदै जित आत्मसाथ गरे । कमला ह्यारिसले भने २ सय २४ सिट पुरा गरेकी छिन् ।
ट्रम्प यसअघि ४५ औं राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए । तर लगातार दोस्रो पटक राष्ट्रपति बन्ने उनको सपनामा जो बाइडेन बाधक बन्दा उनले तेस्रो प्रयासमा दोस्रो पटक राष्ट्रपति बन्न सफल भए । उनले अमेरिकी जनताले अभूतपूर्व जनादेश दिएको भन्दै सबैलाई धन्यवाद दिए । ट्रम्पको जितमा ‘स्विङ’ राज्यका रुपमा परिचित राज्यहरू निर्णायक थिए। जसमा सबैभन्दा धेरै सिट रहेको पेन्सिलभेनियाको १९ सिट जितेसँगै ट्रम्पले मतगणना बाँकी रहँदै जित निश्चित गरेका हुन् । उनले राष्ट्रपति निर्वाचित हुनका लागि निर्णायक मानिएका ७ ‘स्विङ’ राज्यमै अग्रता बनाएका छन् ।
अमेरिकामा कुल ५ सय ३८ सिट मध्ये जितका लागि केवल २ सय ७० सिट आवश्यक पर्दछ । अहिले सम्मको काउन्टिङमा कुनैपनि राज्यमा अनपेक्षित नतिजा आएको छैन् । अर्थात ब्लु स्टेटका रुपमा चिनिने राज्यमा कमला ह्यारिसले अग्रता बनाउँदा रेड स्टेडका रुपमा परिचित राज्यहरूमा डोनाल्ड ट्रम्पले नै अग्रता बनाएको छ। राष्ट्रपतिको निर्वाचनमा निर्णायक मानिएको ‘स्विङ’ स्टेटहरुमा ट्रम्पले बाजि मार्दा कमलाको पहिलो महिला राष्ट्रपति बन्ने सपना पुरा हुन पाएन । राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसद्को दुबै सदन सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभमा ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता बनाएको छ ।
अमेरिकी कानुन अनुसार एक व्यक्तिले २ कार्यकाल राष्ट्रपतिको रुपमा विताउन पाउने छन् । लगातार दोस्रो कार्यकाल हारेपनि ट्रम्पले लगातार तेस्रो पटक चुनावमा भाग लिएर दोस्रो पटक राष्ट्रपति बनेका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।