- नेपालमा लोकतन्त्र संकटान्मुख छ भन्ने कुरा हिजोको घटनाले प्रमाणित गरेको छ।
देशमा व्याप्त भ्रष्टाचार, कुशासन, बेरोजगार र अन्यायको बिरुद्ध सचेत युवा जेनी-जी पुस्ताले आवाज उठाएकै भरमा राज्यले निर्मम र विभत्स घटना घटाएको छ। राज्य सामान्य आन्दोलन र बिरोध प्रदर्शनहरू सम्हाल्न नसक्ने अवस्थामा पुगेको हो वा नियोजित रुपमा नरसंहार गर्नमा लालायित भएको हो भन्ने प्रश्न तिनकुने घटना र अहिले बानेश्वरमा भएको विभत्स घटनाहरूले यो प्रश्न टड्कारो रुपमा उब्जाएको छ।
जेन-जी पुस्ता भनिने २८ वर्ष मुनिका भाई बहिनी बिद्यार्थीहरूको धेरै ठुलो माग थिएन, भ्रष्टाचारको अन्त्य होस्, देशमा शुशासन होस। तर आवाज उठाएकै भरमा टाउको ताकि ताकि गोलि हान्नुपर्ने आवश्यकता के थियो ? सामान्य बिरोध प्रदशनमा सम्भवत: एकै दिन यति धेरै ठुलो संख्यामा गोलि चलाएर मृत्यु हुनु (राज्यद्वारा हत्या गर्नु) विश्वमै बिरलै घटनामध्ये एक हो । नेपालमा विगतको राजनैतिक इतिहासमा कहिल्यै पनि यति धेरै संख्यामा प्रदशनकारीहरूको एकै दिन मृत्यु भएको थिएन। अझ विडम्बनापुर्न कुरा त के छ भने हिजो बिरोध प्रदर्शन भन्दा पनि केवल प्रश्न गर्ने भिड मात्रै थियो, त्यसमाअधिकांश स्कुले बिध्यार्थिहरू थिए।
भिड माईतिघरमा जम्मा हुने कुरा पूर्वनिर्धारित थियो। को को जम्मा हुदैछन र कति जम्मा हुदैछन भन्ने कुरा राज्यको सुरक्षा निकायलाई पहिल्यै अनुमान हुन्छ, सोहि अनुसार उसले आफ्नो श्रोत (सुरक्षा जनशक्ति) परिचालन गर्ने पूर्वतयारी गर्नुपर्थ्यो। भिड जब माईतिघरबाट बानेश्वर (संसद भवन) तिर अगाडि बढदै गएपछि पहिल्यै हवाईफायर, पानीको फोहोरा, र अश्रुग्यास मार्फत भिडलाई त्यहाँ पुग्नबाटै रोक्न सकिन्थ्यो । संसद भवन वरिपरि हजारौं सुरक्षाकर्मी तैनाथ गरेर घेराबन्दी गर्न सकिन्थ्यो। पर्याप्त पानीको फोहोरा र अश्रुग्यासले भिडलाई रोक्न सकिन्थ्यो। अन्तिम अवस्थामा गोलि हान्नैपर्ने अवस्था आए पनि घुडा भन्दा माथि गोलि हान्नै मिल्दैन। तर ताकी ताकी टाउकोमा यसरी गोलि हानियो मानौं, कुनै आतंकवादी संगठनले नरसंहार मच्चाएको होस्। त्यसैले हिजोको घटना राज्यको लापरबाही वा नियोजित रुपमा मच्चाएको नरशंहार नै हो ।
विश्वका अन्य देशहरूमा यो भन्दा धेरै ठुलो संख्यामा आन्दोलन/प्रदर्शनहरू हुँदा यो हदसम्मको दमन भएकै छैन, कुनै पनि लोकतान्त्रिक देशले यस्तो गर्नै सक्दैन। नेपालमा लोकतन्त्रनै नभएको पुष्टि हिजोको घटनाले गरेको छ। देशको चिन्ता गर्दै, देशको भविष्य राम्रो होस् भनेर भ्रष्ट सरकार, भ्रष्ट दलहरू र भ्रष्ट नेताहरूलाई प्रश्न गर्ने देशभक्त युवाहरूलाई तातो गोलीले दमन गर्ने राज्यलाई लोकतान्त्रिक भन्न सुहादैन, भन्न मिल्दैन। नेपालमा लोकतन्त्र संकटान्मुख छ भन्ने कुरा हिजोको घटनाले प्रमाणित गरेको छ।
हिजोको प्रदर्शनमा घुसपैठ भयो, अराजक समुहले भड्कायो भनेर राज्य पन्छिन मिल्दैन, जुन चेष्टा भइरहेको छ। कसैले जिम्मेवारीको नैतिकता भनेर राजिनामा दिदैमा यो अपराधबाट उन्मुक्ति पाउदैनन्, पाउनुहुन्न। प्रधानमन्त्री सहित जिम्मेवार सबैको भूमिकाको सहि मुल्यांकन, जाचबुझ गरेर कानुनि कठघरामा उभ्याईयोस। यो सरकारको तत्काल बहिर्गमन गरि यस घटनाको दोषीहरूलाई कारबाही हुन् ढिला नहोस। रगतले लत्पत्तिएको सत्तामा बसिरहन केपी शर्मा ओलीलाई १ दिन पनि सुहाउदैन। तत्काल राजिनामा दिउन र आफ्नो नालायकीपनको सजायको भागिदार बनुन।
मृतकहरू प्रति हार्दिक श्रद्धासुमन।
घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘संविधानको औचित्यमाथि नै प्रश्न छ’: राजसंस्थासहित राजनीतिक सहमतिको आह्वान
-
अर्थमन्त्री डा. वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए
-
करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते
-
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट ११ शव निकालियो
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।