- समय अनुसार देशमा उधोग धन्दाको विकासका लागि कस्तो नीति, बिधि र कानुनहरू निर्माण गर्नुपर्छ भन्नेमा पर्याप्त छलफल न विगतमा न भयो न अहिले नै भैरहेको छ।
पछिल्लो समय देशको प्रधानमन्त्री, मन्त्रीहरु तथा सरकारका संयन्त्र हाकिरहेका व्यक्तिहरूको भाषण सुनियो भने लाग्छ देशले विकास र समृद्धिको लय समातेको छ। जताततै सकारात्मक परिवर्तन भैरहेको छ। तर उनीहरूले गर्ने यस्तो दावीमा सत्यता र वास्तविकता बीच झिनो समानता पनि पाउन सकिदैन। शहरका चोक र गल्लिहरूमा देखिने खालि सटरहरूले उनीहरूले गर्ने दावीलाई गिज्याईरहेको छ । बजारमा चहलपहल छैन । अधिकांश होटेल रेष्टुरामा भरिभराउ ग्राहक देखिन छोडिसक्यो।
हरेक दिनजसो अठार सय देखि पैतिससय सम्मको संख्यामा युवाहरूले देश छोडिरहेका छन्। मध्यम तथा निम्नमध्यम वर्गको रोजाईमा खाडि देश छन्, रोजगारीका लागि। जसले देशमै बसेर रोजगारी गर्ने र सामान्य तवरले परिवार पाल्न सकिने आशा र सम्भावना देखेनन्। अर्को मध्यम वर्गीय परिवारका छोराछोरी जसले देश नै छोडने बाचा सहित शिक्षाको बहानामा युरोप, अमेरिका र अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाईरहेका छन्।
उधोग व्यवसायहरू बन्द हुने क्रम बढेको छ। जो चलेका छन् ति पनि पर्याप्त मात्रामा संचालनमा छैनन्। विगत लामो समय देखि पूर्वाधारको महत्वपुर्ण औजार मानिने डण्डि र सिमेन्टको उधोगहरू धरासायी बन्दै गएका छन्। कृषि उत्पादनमा आत्मनिर्भरताको बाटो भन्दा परनिर्भारताकै बाटोमा अगाडि बढिरहेका छौं।
देशका ठुला उधोगी व्यवसायी जसले सबैभन्दा धेरै कर तिर्छन र राज्य संचालनका लागि 'प्राण' दिने काम गर्छन, त्यस्ता उधोगी व्यवसायीहरू बर्तमान समयमा जस्तो हतोत्साहित र निराश भएको विगतमा कहिल्यै देखिएको थिएन। बैंकहरूमा पैसा थुप्रिएको छ। उधोगीहरूले त्यसलाई लगानी गर्ने हिम्मत गरेका छैनन्। राज्य संयन्त्रका हाकिमहरूले जतिसुकै लगानीको वातावरण छ भनेर भाषणवाजी गरेपनि बैंकमा थुप्रिएको निक्षेपले उनीहरूको दावीलाई झुटो सावित गरिदिन्छ।
हाम्रा नीति र कानुनहरू नियन्त्रणात्मक अर्थव्यवस्थालाई प्रशय दिने गरी बनेको कुरा सत्य हो। कानूनहरू उधोगी, व्यवसायी र निजि क्षेत्रलाई आकर्षित गर्ने भन्दा पनि उनिहरूलाई कसरी दुख दिने भन्ने नियतले बनाईएका जस्ता छन्। पटक पटक व्यवस्था फेरियो तर देशको आर्थिक अवस्थालाई उकास्नका लागि हाम्रा कानुनहरु कसरी बाधक बनिरहेका छन् भन्ने बारेमा कसैले सोचेनन।
समय अनुसार देशमा उधोगधन्दाको विकासका लागि कस्तो नीति, बिधि र कानुनहरू निर्माण गर्नुपर्छ भन्नेमा पर्याप्त छलफल न विगतमा भयो, न अहिले नै भैरहेको छ। यसले गर्दा अहिले बर्तमानमा जस्तो किसिमको आर्थिक संकट छ त्यो स्वाभाविक हो। अझ यसबाट पार पाउनका लागि कुनै राजनैतिक दल, वा विगत र वर्तमानका कुनै सरकारले चासो नदेखाउनु चाहिँ उदेगलाग्दो छ।
त्यसैले समय छदैं आर्थिक विषयमा गम्भीर भएर काम गरिएन भने अहिलेको भन्दा झन् विकराल परिस्थिति हामीले भोग्नुपर्नेमा कुनै शंका छैन। जिम्मेवार पक्षको ध्यान जाओस ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।