राष्ट्र बैंकले २५ अर्ब ७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

१० मार्ग, २०८३
सारांश
  • नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २५ अर्ब ७ करोड ४७ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २५ अर्ब ७ करोड ४७ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । 

 

केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।


राष्ट्र बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २० अर्ब ५ करोड ९८ लाख, ‘ख’ वर्गका बैंकमा ३ अर्ब ७६ करोड १२ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा एक अर्ब २५ करोड ३७ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।

 

मुद्दती निक्षेपमा २०२६ डिसेम्बर ७ देखि २०२७ डिसेम्बर ७ सम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।  मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाइ मंसिर १४ गते भित्र ब्याजदर प्रस्ताव आह्वान गर्न भनिएको छ ।

 

बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत शर्त राखिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार