मिनी वर्ल्ड सेक्युरिटिजलाई नेप्सेको कारवाही, तीन दिनका लागि निलम्बित

१० मार्ग, २०८३
सारांश
  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मिनी वर्ल्ड शेयर एक्सचेन्ज प्रालिलाई तीन कार्यदिनका लागि निलम्बन गरेको छ ।

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मिनी वर्ल्ड शेयर एक्सचेन्ज प्रालिलाई तीन कार्यदिनका लागि निलम्बन गरेको छ ।

 

नेप्सेले तोकिएको समयभित्र राफसाफ तथा फर्छ्यौटको काम नगरेको भन्दै सिडिएस एन्ड क्लियरिङ लिमिटेडले उक्त कम्पनीलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।

 

सोही सिफारिसका आधारमा नेप्सेको धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ (१) (छ) बमोजिम कम्पनीलाई तीन कार्यदिनका लागि निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

 

नेप्सेले उक्त निर्णयबारे नेपाल धितोपत्र बोर्ड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड तथा सम्बन्धित निकायलाई समेत जानकारी गराएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार