नयाँ ऊर्जा मिश्रण नीतिमार्फत विद्युत् खरिद सम्झौता खुलाउने तयारी

१० मार्ग, २०८३
सारांश
  • सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ।

काठमाडौं : सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ। 

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत्, सौर्य, वायु तथा अन्य ऊर्जा स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन लागेको हो ।

 

नयाँ ऊर्जा मिश्रण तयार भएपछि लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः खुल्ने अपेक्षा गरिएको छ । हाल नदी प्रवाही र अर्धजलाशययुक्त आयोजनाको पीपीए प्रक्रिया प्रभावित छ ।

 

नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म ४०४ नदी प्रवाही आयोजनासँग ६ हजार ७१३ मेगावाट र ५१ अर्धजलाशययुक्त आयोजनासँग ४ हजार १८६ मेगावाट विद्युत् खरिद सम्झौता भइसकेको छ । तर थप २८१ आयोजना गरी कुल १६ हजार ४२५ मेगावाट क्षमताका आयोजना पीपीएको प्रतीक्षामा छन् ।

 

हाल नेपालको कुल विद्युत् उत्पादन क्षमता करिब ४ हजार २०० मेगावाट छ । उत्पादनको ठूलो हिस्सा नदी प्रवाही आयोजनाबाट हुने भएकाले वर्षायाममा बढी र हिउँदमा कम विद्युत् उत्पादन हुने समस्या छ । 

 

नयाँ नीतिमा जलाशययुक्त, पम्प स्टोरेज, सौर्य र वायु ऊर्जालाई समेत प्राथमिकता दिँदै उत्पादनको स्रोत विविधीकरण गर्ने तयारी छ ।

 

नयाँ ऊर्जा मिश्रणले पीपीए प्रक्रिया खुलाउनुका साथै रोकिएका आयोजनामा लगानी र निर्माण अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै विद्युत् आपूर्तिमा मौसमी सन्तुलन कायम गर्न, आन्तरिक खपत बढाउन र भारत तथा बंगलादेशमा विद्युत् निर्यात विस्तार गर्न पनि यसले आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार