नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब ४३ करोडको कारोबार

१८ कार्तिक, २०८३
सारांश
  • नेप्सेमा आज सामन्य वृद्धि भएको छ । आज बुधबार नेप्से १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुगेर रोकिएको छ ।

काठमाडौँ : नेप्सेमा आज सामन्य वृद्धि भएको छ । आज बुधबार नेप्से १.४० अंकले बढेर २६६५.५३  विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३५८ कम्पनिका २ करोड १२ लाख २३ हजार ४१४ कित्ता शेयर ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार ४९ मा कारोबार भएको थियो । आज जीवन बीमा, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी नेपाल रिइन्सुरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने हिमालयन रिइन्सुरेन्सको शेयरमा ११.४८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिभिल बैंक डिभेन्चरको शेयर ६.३४ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी स्वेत गंगा हाइड्रोको ८५ करोड ८४ लाख बराबरको कारोबार भएको छ भने घोराही सिमेन्टको ५१ करोड २४ लाख बराबरको कारोबार भएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार